ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


एबीसी न्यूज

काठमाडौं ९ मंसिर । विवादास्पद व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।  आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्ने गरी नक्कली कागजात तथा श्रव्यदृश्य सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा फैलाएको प्रसाईँमाथि आरोप छ। उनीमाथि विद्युतीय कारोबारसम्बन्धी साइबर क्राइम कसुरमा मुद्दा चलाउने तयारी छ।

सरकारी वकिलको रोहबरमा उनको बयान भइसकेको छ।

प्रसाईँलाई मंसिर ४ गते मंगलबार भक्तपुरस्थित उनकै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले नियन्त्रणमा लिएर साइबर ब्युरोलाई जिम्मा लगाएको थियो। भोलिपल्ट अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।

प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै विभिन्न कागजात सामाजिक सञ्जालमा फैलाएका थिए।

प्रसाईं फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका हुन्। यसअघि असोज ६ गते पनि साइबर अपराधकै कसुरमा पक्राउ परेका थिए। उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालतबाट उनी १ लाख धरौटीमा छुटेका हुन्।

त्यतिखेर रास्वपाकी एक केन्द्रीय सदस्यको चरित्रहत्या गर्ने किसिमका अभिव्यक्ति दिएर सामाजिक सञ्जालमा फैलाएको उनीमाथिको अभियोग थियो।

यसैबीच, प्रहरीले उनलाई गैरकानुनी थुनामा राखेको भनी प्रसाईँका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवदेनमा सर्वोच्च अदालतले दुई दिनभित्र उपस्थित गराउन आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com