ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रीमा स्कट बेशेन्टको नियुक्तिः बजारसँग ट्रम्प डराए


ABC News

 

 

सानफ्रान्सिस्को (अमेरिका) ९ मंसिर । अन्ततः मार–ए–लागोबाट सेतो धुवाँ निस्किएको छ। चुनावको दुई हप्ता र अर्थमन्त्री छान्ने घोषणा आउन लागेको हल्लापछि, नोभेम्बर २२ मा डोनाल्ड ट्रम्पले आफ्नो निर्णय सार्वजनिक गरेका छन्। अभियानले घोषणा गर्‍यो हेज फन्डका अनुभवी स्कट बेशेन्ट अब १५०० पेन्सिल्भेनिया एभिन्युमा (अमेरिकी वित्त मन्त्रालय) जिम्मेवारी सम्हाल्नेछन्। बेशेन्टको नियुक्ति र उनलाई छान्ने प्रक्रिया दुवैले ट्रम्पको दोस्रो कार्यकालको आर्थिक नीतिलाई मार्गदर्शन गर्नेछ । ।

योग्य र व्यावहारिक छनोट
राष्ट्रपतिले व्यावहारिक निर्णय गरेका छन्। बेशेन्ट वित्तीय बजारका तीक्ष्ण पर्यवेक्षक र बृहत् आर्थिक (म्याक्रोइकोनोमिक्स) ज्ञान भएका व्यक्तित्व हुन्। वाल स्ट्रिटमा उनको उच्च सम्मान छ।

सन् १९९२ मा, युवा पोर्टफोलियो म्यानेजरका रूपमा सोरोस फन्ड म्यानेजमेन्ट मा काम गर्दा, बेशेन्टले स्ट्यानली ड्रकेनमिलरलाई बेलायतको केन्द्रीय बैंक (बैंक अफ इङ्ल्याण्ड) पाउन्डको मूल्यलाई जोगाउन असमर्थ हुने सम्भावनाबारे सतर्क गराएका थिए । यसैको आधारमा ड्रकेनमिलर र जर्ज सोरोसले बेलायती पाउन्डको बिरूद्धमा लगानी गरेर विश्वकै प्रसिद्ध हेज फन्ड व्यापारमा सफल भएका हुन्। यस व्यापारले बैंक अफ इङ्ल्याण्डलाई  ढालेर १ अर्ब डलर नाफा कमाएको घटना उल्लेखनीय छ ।

सन् २०१५ मा, बेशेन्टले आफ्नो व्यक्तिगत फन्ड सञ्चालन सुरु गर्दा, जर्ज सोरोसबाट २ अर्ब डलरको लगानी गसराउन सफल भएका थिए ।

दोस्रो कार्यकालको आर्थिक नीतिको संकेत
स्कट बेशेन्टजस्ता अनुभवी र सफल व्यक्तिको छनोटले ट्रम्प प्रशासनको आर्थिक नीतिमा स्थिरता र बजार केन्द्रित दृष्टिकोण हुने अपेक्षा गर्न सकिन्छ। बेशेन्टको अनुभव र निर्णय क्षमताले ठूला आर्थिक निर्णयहरूमा मार्गदर्शन गर्न सक्ने द इकोनोमिष्टले लेखेको छ ।

बेशेन्टको नियुक्तिले ट्रम्प प्रशासनको वित्तीय रणनीतिमा धेरैले चासो राख्ने बताइएको छ । बेशेन्टको नेतृत्वले नीति कार्यान्वयनमा गति ल्याउन सक्नेछ, जसले अमेरिकी अर्थतन्त्रलाई दीर्घकालीन रूपमा बलियो बनाउने सम्भावना छ रहेको फाइनान्सीयल टाइम्ले अनुमान गरेको। छ।

वफादारी र आर्थिक दृष्टिकोण

स्कट बेशेन्ट डोनाल्ड ट्रम्पप्रति लामो समयदेखि वफादार रहँदै आएका छन्। उनले ट्रम्पको अभियानका लागि उदार रूपमा आर्थिक योगदान दिंदै आएका छन् । उनले फक्स न्यूज मा “आर्थिक सल्लाहकार” को रूपमा आफ्नो समयको कुनै पर्वाह नगरी सहयोग गरेका थिए । त्यहाँ उनले ट्रम्पको आर्थिक नीतिलाई समर्थन गर्दै कर कटौती नवीकरणको आवश्यकता, आक्रामक नियमन खुकुलो पार्ने योजना, र व्यापार युद्धमा ट्रम्पलाई कुशल वार्ता गर्ने नेताको रूपमा चित्रण गर्दै आएका थिए ।

ऋण नियन्त्रण र हरित अनुदानमाथिको आपत्ति

बेशेन्टको गहिरो आर्थिक ज्ञानले उनलाई केही अन्य प्राथमिकताहरू तय गर्न प्रेरित गर्नेछ। विशेषतः, उनले सरकारी ऋण नियन्त्रणलाई निकै महत्त्व दिन्छन्। सन् २०२४ को जुनमा एक भाषणमा, उनले बाइडेन प्रशासनको ठूलो घाटा र राज्य अनुदानलाई ‘केन्द्रीय योजना’ को पुनरागमनको रूपमा आलोचना गरेका थिए ।

अमेरिकी बजेट घाटा कम गर्नको लागि उनले हरित अनुदान खारेज गर्ने योजना अघि सार्ने सम्भावना छ। सन् २०२२ मा पारित इन्फ्लेशन रिडक्सन एक्ट मा भएका हरित अनुदानलाई उनले बजेटीय “विनाशको यन्त्र” भन्दै चर्को आलोचना गरेका थिए ।
यस्तै, उनले ट्रम्पको चुनावी अभियानमा वाचा गरिएका अत्यधिक ट्यारिफहरूलाई मुख्यतः वार्ता गर्ने रणनीति मात्र ठान्छन्, ट्रम्पको आक्रोशलाई उनले दीर्घकालीन नीति मान्दैनन् भन्ने टिप्पणी फक्स न्युजले लेखेको छ । । सन् २०२४ को अक्टोबरमा उनले इकोनोमिष्टमा एक लेख्दै उनले ट्रम्पको आर्थिक नीतिको व्याख्या गरेर आफ्नो दृष्टिकोण अघि सारेका थिए ।

डलरमा भिन्नता

स्कट बेशेन्टको करियरले उनलाई बजार–आधारित विनिमय दरको समर्थकका रुपमा परिचय दिंदै आएको छ ।
यही कारणले उनी डलरको सन्तुलनमा अनावश्यक हस्तक्षेप गर्ने पक्षमा देखिँदैन । तर राष्ट्रपति–निर्वाचित ट्रम्पले हमेशा डलरको बलियोपनको आलोचना गर्दै आएका छन् ।

उपयुक्त छनोट
धेरै सीमाका बाबजुद बेशेन्टको चयन सही रहेको कन्जरभेटिभ नेतृत्ववादी पत्रिका वाल स्ट्रिट जर्नलले लेखको छ। जर्नलका अनुससार तर यो प्रक्रिया केही जटिल थियो। यो प्रक्रिया एक प्रकारको ूछुरा युद्धू जस्तो थियो । बेशेन्ट र हावर्ड लुटनिक (क्यान्टर फिट्जगेराल्डका प्रमुख र ट्रम्पको संक्रमण टोलीका सह–अध्यक्ष) बीच को छानिने भन्नेमा चर्को हानथाप थियो । अन्ततः, लुट्निकले वाणिज्य मन्त्रीको पदमा सन्तोष गर्नु परेका कारण आगमी दिनमा अमेरिकी प्रशासन मा अर्थमन्त्री र वाणिज्य मन्त्रीका बीचमा द्धन्द्ध निम्तिन सक्नेछ ।

स्कट बेशेन्टले ट्रम्प प्रशासनलाई आर्थिक नीतिहरूमा सन्तुलन र दीर्घकालीन दृष्टिकोण ल्याउन सहयो गर्ने बजारवादी विज्ञहरुले आशा गरेको व्लुमवर्गले लेखेको छ ।
उनको अनुभवले अमेरिकाको आर्थिक भविष्यलाई आकार दिनेछ।
बेशेन्ट: बजार बनाम ट्रम्प प्रवृत्ति

बेशेन्टको छनोटले डोनाल्ड ट्रम्पले अधिकांश विभागहरूमा आफ्ना साहसी र अप्रत्याशित प्रवृत्तिहरूलाई प्राथमिकता दिए पनि, अर्थमन्त्रीमा सन्तुलित र व्यावसायिक दृष्टिकोण अपनाउने व्यक्ति छनोट गरेका छन् । ट्रम्पले लामो समयदेखि जेपी मोर्गन चेस का प्रमुख जेमी डाइमोनलाई यो भूमिकाको लागि चाहन्थे। यस्तै सोचले उनले हेज फन्ड टाइकून जोन पाउल्सन, अपोलो का प्रमुख मार्क रोवान, र पूर्व फेडरल रिजर्व बोर्ड सदस्य केभिन वार्शलाई का बारेमा पनि विगचार गरिरहेको वाशिंगटन पोष्टले उल्लेख गरेको छ ।

ट्रम्पको मुख्य मापदण्ड : ट्रम्पलाई चाहिने व्यक्तिः

१. ट्रम्पोनोमिक्स का नीतिहरूमा पूर्ण प्रतिबद्ध,
२. कर कटौतीदेखि नियमन खुकुलो पार्नेसम्मका योजनामा सहममत
३. चुनावपछि शेयर बजारमा आएको वृद्धिलाई असर नगर्ने स्वभाव

तर, यी सबै गुण एउटै उम्मेदवारमा पाउन ससम्भव नभएको ट्रम्पको कटु आलोचक विश्वकै नेतृत्वदायी पत्रिका न्यूयोर्क टाइम्ले लगातर लेख्दै आएको थियो ।

रबर्ट लाइटहाइजर जस्ता व्यापार अतिवादीलाई चयन गरे बजारले विरोध जनाउने निश्चित थियो । वाल स्ट्रीट का अनुभवी व्यक्तिहरू ट्रम्पको व्यापार नीतिहरूप्रति शंका गर्दै आएका छन् ।
ट्रम्पको पहिलो कार्यकालमा ग्यारी कोहन र स्टीवन मनुचिन जस्ता व्यक्तिहरू कर कटौती र नियमन खुकुलो पार्न त तयार थिए । तर उनीहरु व्यापार युद्धको पक्षमा थिएनन्। त्यसले ओभल अफिसमा तीव्र विवाद जन्माएको थियो।

बजारको खुशी प्राथमिकता
अन्ततः, बेशेन्टलाई चयन गरेर, ट्रम्पले बजारलाई सन्तुष्ट पार्ने बाटो रोजेका छन् । यसले के देखाएको छ भने कम्तिमा आर्थिक नीतिहरूको मामिलामा ट्रम्प बजारको प्रतिक्रिया अनुसार सीमित रहनसक्छन्। यो ती व्यक्तिहरूका लागि सकारात्मक समाचार हो, जसले ट्रम्पको प्रशासन कति कट्टरपन्थी हुनसक्छ भन्नेमा चिन्ता गर्दै आएका छन् ।
प्रक्रियामा अनियमितता

ट्रम्पको समग्रमा चयन प्रक्रिया अस्थिर र स्वेच्छाचारी रहेको कुरालाई पुष्टि गरेको छ । झण्डै एक हप्ता अगाडि, बेशेन्टको नियुक्ति लगभग पक्का देखिएको थियो। तर, त्यसपछि हावर्ड लुट्निकले ट्रम्पलाई प्रभावित गर्न लविंग गरेपछि उनी केही समय रोकिए । लुट्निकले पहिलो मित्र इलन मस्कलाई आफ्नो पक्षमा पारेपछि बेशेन्टका समर्थकहरूले आफ्नो अभियानलाई पनि तीव्र बनाएको प्राय जसो सवै मिडियामा आएको थियो ।

यो घटनाले ट्रम्पको व्यक्तित्वको द्वन्द्वलाई अरु बढी सतहमा ल्याएको छ । ट्रम्पको बजारलाई सन्तुष्ट पार्ने चाहना र कहिलेकाहीँ असन्तुष्ट रहँदा पनि त्यस्ता कदम चाल्ने प्रवृत्तिलाई बेशेन्टको नियुक्तिले देखाउको छ । । पक्कै पनि स्कट बेशेन्टका लागि यो चुनौतीपूर्ण कार्यकाल हुने देखिन्छ। हेर्न बांकी के छ भने ट्रम्प प्रशासनको आगामी चार कार्यकालमा कति जना अर्थमन्त्री हुनेछन् वा बेशेन्टले नै आफ्नो कार्यकाल पूरा गर्न पाउंनेछन् ।

सानफ्रान्सिस्कोकोबाट,  एबीसी टेलिभिजनका लागि आदित्य सिंह

सिंह जर्ज वाशिंगटन विश्वविद्यायलमा विद्यावारिधीका लागि अर्थशास्त्र विषयका अनुसन्धानकर्ता हुन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com