ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलामा जोस्सिए प्रधानमन्त्री ओली


admin
फाल्गुन २४, २०७४ बिहीबार  ३ : ३५ बजे

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच वर्षमा असाधारण विकास गर्ने दाबी गर्दै देशमा कसैले पनि भोकै मर्ने अवस्था नआउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले अबको समय देश विकास गर्ने भएको भन्दै पाँच वर्ष सरकारले क्यालेन्डर बनाएरै काम गर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलामा बोल्दै ओलीले भने, ‘दियर विल वी नो बेगर इन नेपाल’। सरकारले सबैको जिम्मा लिन्छ। उनले विकासका आयोजना शिलान्यास मात्र हुने प्रवृतिको अन्त्य गर्ने बताउँदै भ्रष्टाचार विरुद्धमा पनि निर्मम भएर लाग्‍ने बताए।

ओलीले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सिर्जना पूर्ण इफोर्ट लगाउले बताए।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पनि आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

यादवले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछोड्ने बताए। ‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन्, कर्मचारी असुली गर्न जान्छन्, तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् अब यस्ता धन्दा चल्दैनन्,’ यादवले भने।

पाँच वर्षमा देशलाई नमुना बनाउने दाबी गर्दै यादवले गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताए ।

उनले भने, ‘ अब प्रष्ट भए हुन्छ, घुस खुवाउनेको काम अब हुँदैन। घुस खानेको त के–के हुन्छ, हेर्दै जानुस्।’

फागुन २४ देखि २८ गते सम्म चल्ने सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाल भारत, चिन र बंगलादेशका ३ सय भन्दा बढी कम्पनीहरुको स्टल रहने छ। मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, उर्जा, भवन निर्माण सम्बन्धी, सवारीसाधन लगायतका विभिन्न स्टलहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com