ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौती


admin
फाल्गुन २४, २०७४ बिहीबार  ९ : ०३ बजे

काठमाडौँ, २४ फागुन । आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् । 

आर्थिक वर्ष २०७४÷७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँहरुले स्रोत जुटाएर राष्ट्रलाई समृद्धिको बाटोमा लैजानु चुनौतीपूर्ण रहेको बताएका हुन् ।

अर्थतन्त्रका विषयमा दर्जनौँ प्रश्नकामाझमा आफू उभिएको बताउँदै अर्थमन्त्री डा युवराज खतिवडाले भन्नुभयो, “अर्थ मन्त्रालय धेरै अर्थमा असीमित दायित्व व्यवस्थापन गर्ने मन्त्रालय भएको छ ।” स्रोत नै नभएका आयोजनालाई कार्यान्वयनमा पठाएको र स्रोत नै नभइकन बजेट निर्माण भएको भन्दै उहाँले पछि सिर्जना भएको दायित्व पूरा गर्नु ठूलो चुनौती भएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले भन्नुभयो, “चालु आवमा रु चारदेखि रु पाँच खर्बको दायित्व व्यवस्थापन गर्नुपर्नेछ ।” उहाँले गत वर्ष नै राजश्व वृद्धि बढेकाले अब थप राजश्व वृद्धि गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो ।

आयात बढेअनुसार त्यो राजश्वमा प्रतिविम्बित भएको छ कि छैन भन्ने विषयलाई अर्थमन्त्रालयले नजिकबाट हेरेको भन्दै उहाँले कर, भन्सार प्रणालीलाई चुस्त बनाउन खोजिएको स्पष्ट पार्नुभयो ।

जनताले अनुमोदन गरेका योजनालाई कार्यान्वयन गर्नु र केही आर्थिक परिसूचक नकारात्मक भएको उल्लेख गर्दै अर्थमन्त्री ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिका लागि बाह्य लगानी आवश्यक भएको बताउनुभयो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्लो समयमा रु एक खर्ब ५१ अर्बको वैदेशिक लगानी स्वीकृति हुने क्रममा रहेको भन्दै आर्थिक क्षेत्र सही बाटोमा लाग्ने बताउनुभयो ।

अर्थसचिव शंकरप्रसाद अधिकारीले स्थानीय तहको खर्च बढ्ने बताउँदै खर्च मितव्ययितालाई ध्यान दिएर कार्य गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com