ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँबुखैरेनीबाट ४ लाखबढीको फूल बिक्री


मनिषा लामिछाने
कार्तिक २०, २०८१ मंगलबार  ९ : ३० बजे

तनहुँ । आँबुखैरेनी गाउँपालिका-१ स्थित सयपत्री याञ्चोकटार लघुउद्यमी महिला समूहले दसैँ र तिहारमा रु चार लाखबढीको फूल बिक्री गरेको छ । गाउँपालिका मातहतबाट पहिलो र दोस्रो चरणमा गरी उक्त मूल्य बराबरको फूल बिक्री गरेको हो ।

समूहले प्रतिकिलो रु तीन सय ५० र प्रतिमाला रु एक सयमा बिक्री गरेको जनाएको छ । उत्पादित फूल स्थानीय बजारका साथै पोखरामा बिक्री गरिएको समूहकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । उनका अनुसार तेस्रो र चौथो चरणको फूल छठ, एकादशी र मङ्सिरमा हुने बिहेबारीलगायत अवसरमा रु लाख ५० हजार बराबरको बिक्री गर्नेगरी तयारी भइरहेको छ ।

समूहमा आबद्ध ७० जना महिलाले ४० रोपनी क्षेत्रफलमा ४० हजार सयपत्री फूलका बिरुवा लगाएका अध्यक्ष गुरुङले बताइन्। गाउँपालिकाले महिलाको आयआर्जन वृद्धि गर्दै पालिकालाई फूलखेतीमा आत्मनिर्भर बनाउन ८५ प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएपछि महिलाहरू फूल खेतीतर्फ आकर्षित भएका हुन् ।

तेस्रो र चौथो टिपाइका लागि सुक्ष्म खाद्यतत्व प्रयोग गर्ने योजना रहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । पालिकाले उत्पादित फूलको बजारीकरणमा समन्वय गर्दै आएको भन्दै आगामी वर्षदेखि अनुगमन र निगरानी पनि गर्ने उनले जानकारी दिए ।

केसीले भने, “समूहका महिला फूल उत्पादन र बिक्री गर्न सक्षम भइसकेका छन् । यसलाई व्यावसायिक बनाउन पालिकाले अनुगमन गरी थप योजना बनाउँदै जानेछ ।” यहाँ उत्पादित फूल र माला आकर्षक भएकाले बाहिरबाट निर्यात फूलले प्रतिस्पर्धा गर्न नसकेको बताए ।

कृषि शाखा प्रमुख केसीले अन्य जिल्लाबाट पनि माग बढी भएकाले सोअनुसार फूल र माला उपलब्ध गराउन नसकिएको बताए । यस वर्षको पहिलो चरणमा ‘ए ग्रेड’को तीन सय सयपत्री माला कतार निर्यात गरिएको जनाए । उनले भने, “प्रतिमाला आधा किलो तौलको थियो । गत वर्ष रु दुई लाख ५० हजारको फूल र माला बिक्री गरेका थियौँ ।”

आँधीमूल र याञ्चोक महिला समूह एक भई याञ्चोकटार लघुउद्यमी महिला समूह बनेसँगै यस वर्षदेखि सामूहिक रूपमा फूल खेती थालेका हुन् । केसीले भने, “महिला समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ ।”

महिलालाई सशक्तीकरण बनाउने उद्देश्यले फूलखेतीलाई प्राथामिकता राखी अनुदानसहित प्राविधिक र बजारीकरणमा सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । “यसले महिला आर्थिक रूपले सक्षम हुनुका साथै पालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउन सहयोग पुगेको छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com