ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आफ्नै दुई तिहाईमाथि बन्चरो हान्नेले कांग्रेसको बुइ चढेर दुई तिहाइको घुर्की, लाजमर्दो भयो : प्रचण्ड


ABC News

 

 

काठमाडौं १० कात्तिक,। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् ।

अहिले सरकार ढाल्नका लागि खबरदारी सभा गरेको होइन । खबरदारी सभा घोषणा गर्ने बित्तिकै सत्तापक्षमा आतंक सिर्जना भयो कि सरकार आजै ढल्छ, भोलि नै ढल्छ, हामीले भनेका छैनौं उहाँहरूले नै भन्नुभएको छ । तपाईहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला, भ्रष्टाचारीको संरक्षणतिर नजानुहोला,’ दाहालले भने, ‘लोकतन्त्र र संविधान माओवादी केन्द्रको त्याग र बलिदानबाट बनेको छ । त्यसमाथि आघात नपुगोस् भन्नेमा हामी अझ बढी गम्भीर र जिम्मेवार छौं । हामीले यो खबरदारी सभा नगर्ने हो सरकारको बेथिति र भ्रष्टाचारका गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । अराजकतावादी, प्रतिगमनकारीले टाउको उठाउने खतरा हुन्छ ।’

माओवादीले खबरदारी सभा घोषणा गरेपछि सरकारमा रहेका दलहरूले सरकार ढाल्न खोजेको र त्यो संविधान विरोधी हुन्छ भन्ने अभिव्यक्ति दिएको कुरा आफूकहाँ पनि पुगेको दाहालको भनाइ थियो ।

सत्तारुढ दलहरूले सरकार पूरै अवधि चलाओस् भनेर आफूले पहिले नै भनेको दाहालले उल्लेख गरे । उनले माओवादी सरकार ढाल्ने काममा नलाग्ने बताए । तर, सरकारमा रहेका दलहरू ‘भ्रष्टाचारको रक्षा, सुशासनको विपक्ष र बिचौलियाको पक्षमा’ गइरहेकाले आफै ढल्ने बताए । यी कारणले सरकार ढलेमा आफूलाई दोष नदिन पनि दाहालको भनाइ थियो ।

शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने चिन्ता नलिइकन ढुक्कसँग सरकार चलाउन चेतावनी दिएका छन् । हुन त ओलीजीको स्वभाव अरुले गर्न हुँदैन भन्यो भने, त्यही गर्नुहुन्छ । गर्नु पर्छ भन्यो भने त्यसको उल्टो गर्नु हुन्छ प्रचण्डल व्यंग्य गरे

।May be an image of 2 people

 

 

यो सरकारले के गर्दैछ ? सरकारले कुलमानलाई हटाउन लागेर माफियाहरुलाई पोस्न लागेको छ । प्रचण्डको प्रश्न थियो – यही हो सरकारले ७० प्रतिशत उपलव्धी गरेको ?
प्रचण्डले ओलीलाई चेतावनी दिंदै भने – आफ्नै दुई तिहाइको बहुमतमाथि बन्चरो हान्ने ओलीले कांग्रेसका बुई चढेर दुई तिहाई को दम्भले दुनिया नै लजाएको छ । यस्तो घुर्कीे लगाउने रबैया नदेखााउन सुझाव दिए ।

‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, उनले भने । अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।

‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्‍यौं, तपाईहरुको रोग हामीलाई पनि सर्‍यो’, उनले भने

अब आफूहरु प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै नआउने अध्यक्ष प्रचण्डले बताए । ‘तपाईहरुले ढुक्कसँग चलाए हुन्छ सरकार, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ’, उनले भने ।

प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’

माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने प्रचण्डले भने । जति सिट ल्याए पनि एक्लै लड्ने उनले बताए ।

आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको प्रचण्डले बताए ।
प्रचण्डले ओलीलाई प्रश्न गरे – के भयो भुटानी शरणार्थी काण्ड ? के भयो बालमन्दिर र बांसवारी जग्गा काण्ड ? कांग्रेसर र एमाले मिलेको नै यी काण्डको छानविन गर्न होइन, यी विषयलाई दबाउन आएको भन्दै प्रचण्डले भने – देश कांग्रेस र एमालेका मात्र विर्ता होइन, हामीले यी प्रश्नको जबाफ खोजिरहन्छौं ।।

नेकपा माओवादी केन्द्रले भृकुटी मण्डपमा आयोजित विरोध सभाअघि अघि जुलुश निकालेको छ । काठमाडौं मलमा जम्मा भएर माओवादीले जुलुस निकालेको हो ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै माओवादीले निकालेको खबरदारी जुलुशमा उत्साहजनक सहभागिता रहेको देखिएको छ ।

 

https://www.facebook.com/share/v/NksntGZ6t3R7W1Sa/

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com