ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ महिला च्याम्पियनसिप आजबाट


मनिषा लामिछाने
कार्तिक १, २०८१ बिहीबार  ९ : २५ बजे

ललितपुर । साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार (आज)बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्।

समूह ए मा रहेका यी दुई टोलीबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। समूह ए मा भारत र पाकिस्तानसँगै बंगलादेश पनि रहेको छ।

समूह बि मा रहेको नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ। सन् २०१९ र सन् २०२२ मा पनि नेपालमै साफ महिला च्याम्पियनसीप आयोजना गरिएको थियो।

सन् २०१९ मा विराटनगरमा र सन् २०२२ मा काठमाडौंमा प्रतियोगिता भएका थिए। प्रतियोगितामा भारत, नेपाल र बंगलादेश गरी यी तीन टिमलाई उपाधिको दाबेदार मानिएको छ।

सातौँ संस्करणसम्म आइपुग्दा भारतलले पहिलोदेखि ५ औँ सम्म लगातार उपाधि जितेको थियो भने पछिल्लो संस्करण बंगलादेशले जितेको थियो।  भारतले चार पटक नेपाललाई र एक पटक बंगलादेशलाई फाइनलमा हराएको थियो। यस्तै बंगलादेशले भने नेपाललाई हराएर उपाधि जितेको थियो।
दक्षिण एसियामा सर्वाधिक सफल टिम भारत देखिएको छ भने नेपाललाई अभागी टिमका रुपमा हेरिएको छ।

५ पटक फाइनलमा पुगेर पनि नेपालले उपाधि जित्न सकेको छैन। सन् २०१० को पहिलो संस्करण, २०१२ को दोस्रो , २०१४ को तेस्रो , २०१९ को ५ औँ  र २०२२ को छैटौँ संस्करणमा फाइनलसम्म पुगेको नेपाल सन् २०१६ को चौथो संस्करणमा सेमिफाइलमै रोकिएको थियो।

यसपाली समूह बि मा श्रीलंका, माल्दिभ्स र भुटानसँगै रहेको नेपालले सहज प्रतिद्वन्दी पाएकाले सेमिफाइनलसम्मको यात्रा सहज हुने अनुमान गरिएको छ। संभवत् सेमिफाइनलमा बंगलादेश या भारत नै प्रतिस्पर्धी पाउने आँकलन गरिएको छ। पछिल्लो पटक २०२२ मा काठमाडौंमा भएको साफमा भारत समूह चरणमा बंगलादेशसँग र सेमिफाइनलमा नेपालसँग हारेको थियो।

भारत यस पटक पुरानो साख फर्काउने ध्याउन्नमा छ। भारतीय प्रशिक्षक सन्तोष कस्यपले आफ्नो टिमले राम्रो नतिजा दिने बताए। ‘हामी पहिलाको साख जोगाउने प्रयासमा छौँ, थोरै समयदेखि मैले टिम हेरे पनि पहिलाको भन्दा टिममा सुधार आएको छ’, उनले भने, ‘हामी राम्रो नतिजा दिन्छौँ, समूह चरणमै बंगलादेशजस्तो सशक्त टिमसँग खेल्नु अवसर र चुनौती छ।

पाकिस्तान विरुद्धको पहिलो खेलमा आफ्नो एक सयौं क्याप पूरा गर्ने कप्तान अशलता देवीले सिनियर र जुनियर खेलाडीको मिश्रण रहेको टोलीको तयारी राम्रो भएको बताइन्।

पाकिस्तानका मुख्य प्रशिक्षक खदिल रिज्कीले भारतसँगको खेल दबाबमा भन्दा इन्जोए गरेर खेल्ने बताए। ‘खेलमा हार जित भइहाल्छ, पहिले भन्दा टिम पनि राम्रो भएको छ त्यहि पनि हामी राम्रो खेल दिनेछौँ ‘, उनले भने।

कप्तान मारिया खानले साफ च्याम्पियनसिप खेल्न उत्सहित रहेको बताइन्। ‘निलम्बनपछि हामीले दुई वर्षअघि छैटौं साफ खेलेका थियौं। त्यत्तिबेला राम्रो गर्न नसके पनि यसपटक टिमको मनोबल उच्च रहेको र टिम पनि राम्रो रहेको छ , मारियाले भनिन्।

सहभागी ७ राष्ट्रमा पाकिस्तानका लागी यो संस्करण उसको सहभागीताको पाँचौ हो। सुरुवाती ३ संस्करण लगातार खेलेको पाकिस्तानले  सन् २०१६ र २०१९ मा साफ च्याम्पियनसिप खेल्न पाएको थिएन।  २०१० मा पाकिस्तान सेमिफाइनलसम्म पुगेको थियो।

नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ प्रतियोगिताको तयारी थोरै समय भए पनि आफूहरुले सक्दो राम्रो नतिजा पस्किनेमा विश्वस्त छन्। ‘२ साताको तयारी हाम्रा लागि कम नै भयो , महिला लिगले गर्दा टिम सेटमा तयारी धेरै गर्न पाएनौँ’, प्रशिक्षक तामाङले भने, ‘विगतका गल्तिलाई आत्मसाथ गर्दै हामी च्याम्पियनसिपका लागि तयार छौं।’

सन् २०२२ को संस्करणमा नेपाली टोलीमा सहायक प्रशिक्षक रहेका तामाङले त्यत्तिबेला डिफेन्सको कमजोरीले हार्न पुगेर बंगलादेशलाई उपाधि सुम्पिएको बताए। नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले यसपटक अनुभवी खेलाडी सहितको सन्तुलित टिम रहेको बताइन्। ‘ हामी सबैले कडा मिहिनेत गरेका छौं’, हामी च्याम्पियन बन्नकै लागि खेल्ने हो’, उनले भनिन्, ‘उपाधिको खडेरी टार्दै ट्रफी घरमै राख्ने प्रयास हामीहरूको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com