ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चालनमा आयो कान्ति लोकपथ


मनिषा लामिछाने

काठमाडौं।  बाढी पहिरोले १० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ८ बागमती नदीमा पुलको केही भाग र सडक बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो।

पुल र सडक मर्मतसँगै गएराति १ बजेदेखि सडक सञ्चालनमा ल्याइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए। बाढीले बागमती पुलको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएको थियो। बगाएको भागमा ‘डाइभर्सन’ निर्माण गरी सवारीका साधन सञ्चालनमा आएका हुन्।

अहिले कान्तिलोकपथ हुँदै सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्याम अर्यालले जानकारी दिए। हेटौँडा-काठमाडौं आवतजावत गर्ने छोटा दुरीका वैकल्पिक सडकमार्ग बाढीपहिरोले क्षतविक्षत बनाएपछि पूर्वदेखिका यात्रु त्रिभुवन राजपथ हुँदै काठमाडौं आवातजावत गरिरहेका थिए।

अहिले हेटौँडा-काठमाडौं जोड्ने छोटो दुरीका भीमफेदी-कुलेखानी–फाखेल, भीमफेदी-कुलेखानी-सिस्नेरी र कान्तिलोकपथ सडक सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com