ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवी लामिछाने दोषि भएपनि सरकारले नै मुद्धा कम्जोर बनाएर लैजान्छ – डा. सुन्दरमणी दिक्षित


एबीसी न्यूज
आश्विन १९, २०८१ शनिबार  ९ : ०१ बजे

काठमाडौं, १९ असोज । नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दिक्षितले राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्धा कम्जोर हुने बताए छन् । संसदिय छानविन समितिले दोष देखाएपनि सरकारले कम्जोर बनाउने जिकिर गरे । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुराकानी गर्दै उनले लामिछाने दोषि हुदा हुदौपनि उनिमाथी मुद्धा चलाउदा काँग्रेस एमालेले गरेका लालित निवास, गरिबन्धु वाइडबडी लगाएतका विभिन्न काण्डहरु बाहिर आउने भएकोले सरकारले नै मुद्धा कम्जोर बनाएर अदालत लैजाने बताए ।

उनले रवी लामिछाने सहकारीको रकम हिनामिना गर्ने दोषी भएको तर्क समेत गरे । उनले चितवनका सबै जनतालाई गुमराहमा राखेर निर्वाचन जितेको पनि दिक्षितले आरोप समेत लगाए । उनले आफ्नै गल्तिले दुई दुई पटक निर्वाचन लड्ने पैशा काहा बाट आयो भनि प्रश्न समेत गरे । लामिछानेमाथि सहकारीको अरबौं रकम अपचलन गरेको आरोप छ । सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न गठित छानबिन विशेष समितिले पनि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ ।

लामिछानेले सहकारीबाट आएको रकम गोरखा मिडिया नेटवर्कमार्फत् अपचलन गरेको समितिले ठहर गरेको छ । लामिछाने प्रबन्ध निर्देशक रहेकै समयमा पोखराको सूर्यदर्शन,बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको समितिको ठहर छ । संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वायनमा गएसँगै पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ ।

जिबी राई समूहले सञ्चालन गरेको चितवनको साहारा चितवन सहकारीबाट पनि गोर्खा मिडियामा पैसा गएको हो । सो पैसा टेलिभिजनका प्रबन्ध निर्देशकका रुपमा उनले अपचलन गरेको अभियोग रविमाथि लागेको छ । स्रोतका अनुसार साहारा सहकारीको अनुसन्धान प्रतिवेदन केही दिनमै बुझाउन लागिएको छ । सोही कारण चितवन प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ । वरिष्ठ चिकित्सक शुन्दरमणी दिक्षीतको अन्तर्वार्ता शनिवार ९ बजे र आइतबार विहान ७ बजे पुन प्रसारण हुनेछ । यो अन्तर्वार्ता एबीसी टिभी नेपाल युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com