ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैं बजार सुनसानः बाटो कहाँ कहाँ रोकियो ? सर्वसाधारणले नेताहरुलाई किन यतिसाह्रो सारापिरहेका छन् ? भिडियो रिपोर्ट


एबीसी न्यूज
आश्विन १९, २०८१ शनिबार  ५ : ३२ बजे

काठमाडौं १९ असोज । घटस्थापनको तेस्रो दिन शनिबार दोहोरो विदाका समयमा पनि बजार भने सुनसान देखिएको छ । इन्द्रचोकबाट भोटाहिटी छिर्ने गल्लीको एउटा पसल छेउ जुन सधैं गुलजार हुने यसपटक भने क्रेता नै नभएको गुनासो गर्ने पसलेहरु मात्र छन् ।

बर्खामा खेती लगाउन गाउँ गएका खेतीपाती हुँदा गाउँमा र चाडपर्व नजिकिएसँगै होलसेलको भारी उठाउन उनको गाउँबाट धेरै मानिस असन इन्द्रचोक छिर्छन् ।

असन चोकबाट ठमेल छिर्ने मुखैमा सञ्जयरत्न तुलाधरको मसला र खाद्यान्नको पसल छ । असनका रैथाने तुलाधरले साहित्यरत्न नामक उक्त पसल चलाएको वर्षौं भयो । आफ्नै पसलमा भेटिएका तुलाधर दशैंको मुखैमा पनि फुर्सदिला देखिए । ’ दशैंका लागि धेरै खपत हुने वस्तुमा पर्ने मसलामै उपभोक्ताको अकर्षण नदेखिएको उनले बताए ।

विगतको भन्दा महँगो

उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता,चप्पल,कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेका छन् ।

असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका मुख्य बजारमा दशैंका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोचेभन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् ।

व्यापारीहरुले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै सामग्रीहरु महँगो भएको स्वीकार गरेका छन् ।
अधिकांश उपभोक्ताहरुले बजार महँगो भएकाले यो वर्षको दशैं महँगो हुने भएको प्रतिक्रिया दिए । बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरुले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ ।

काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो गरेका छन् । दशैँको मुखमा अविरल बर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै ब्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ ।

बाढी पहिरोअघि दशैँ बजार विस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने ब्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या विगतको तुलनामा कम देखिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com