ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोबाट अवरुद्ध चार राजमार्ग आइतबारसम्म खुल्ने, वीपी राजमार्ग दशैंपछिमात्र 


एबीसी न्यूज
आश्विन १८, २०८१ शुक्रबार  ८ : २८ बजे

 

 

काठमाडौं १८ असोज । । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वीपी राजमार्गमा अलपत्र परेका सवारी साधनको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले सडक सञ्जाल विच्छेद हुँदा वीपी राजमार्गमा सयौँ सवारी साधन फसेको बताए ।

सवारी साधनका चालक र सहचालक समेत अलपत्र परेको भन्दै सरकारले उनीहरूको उद्धारका लागि काम गरिरहेको बताए । उनले वीपी राजमार्ग दसैँअगाडि खुलाउन नसकिने बताए ।

 

उनले देशभरको विपद्मा परेका नागरिकको उद्धारमा सरकार लागिरहेको जानकारी दिए । सडक विभागले काम गरिरहेको भन्दै उनले बिदामा पनि विभागका कर्मचारीहरू विभिन्न उपकरण लिएर काम गरिरहेका जानकारी दिए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशवकुमार शर्माले अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले अवरुद्ध रहेका पाँच राजमार्गमध्ये अरनिको राजमार्गअन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्यपहाडी राजमार्गअन्तर्गतको दोलालघाट–राकथुम खण्ड, कान्ति राजपथअन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्गअन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकाले आइतबारसम्म पूर्णरूपमा खुल्ने बताए । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com