ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हनी ट्रयाप’ अभियोगी इन्स्पेक्टर बिनु शाही निलम्बित


ABC News

 

काठमाडौं १८ असोज । गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरेको छ।

शुक्रबार गृह मन्त्रालयको पत्रका आधारमा निलम्बन भइसकेको र अब प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरी शाहीमाथि छानबिन हुने प्रहरी प्रवक्ता दानबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए।

शाहीमाथि ललितपुरको भैँसेपाटी प्रहरी प्रभाग प्रमुख हुँदा व्यवसायीलाई ‘हनी ट्रयाप’ पार्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। त्यसबारे ललितपुर प्रहरी परिसरले प्रारम्भिक छानबिन गर्दा भूमिका शंकास्पद देखिएपछि उनको जिम्मेवारी खोसेर रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा तानिएको थियो।

 

प्रहरी प्रधान कार्यालयले अब थप छानबिन गरी सजाय सिफारिस गर्ने प्रवक्ता कार्कीको भनाइ छ।

प्रहरी नियमावलीमा निरीक्षक तहका प्रहरी कर्मचारीलाई सजाय दिने अधिकारी गृह मन्त्रालयको सचिवलाई तोकिएको छ। उनले सजाय तोक्नुअघि आवश्यक छानबिन गराउन सक्छन्।

‘जाँचबुझ गराउन आवश्यक ठानेमा त्यस्तो अधिकारी स्वयं वा अन्य कुनै अधिकृतद्वारा जाँचबुझ गर्न वा गराउन सक्नेछ,’ नियमावलीको नियम ११५ मा व्यवस्थित सजायसम्बन्धी कार्यविधिमा लेखिएको छ, ‘जाँचबुझ गर्ने अधिकारीले आवश्यकताअनुसार सम्बन्धित प्रहरी कर्मचारीसँग सोधपुछ गरी कारणसहित आफ्नो प्रतिवेदन तथा भएको सबुद प्रमाणसमेत पेस गर्नुपर्नेछ।’

कुनै प्रहरी कर्मचारीमाथि लागेको कुनै अभियोगको जाँचबुझ गर्नुपरेमा सजायको आदेश दिन पाउने अधिकारीले जाँचबुझ समाप्त नहुन्जेल निलम्बन गर्न सक्ने व्यवस्था नियमावलीमा छ। यसरी निलम्बन गर्दा निलम्बन गर्नुको आधार र कारण स्पष्ट रुपमा खुलाउनुपर्ने र यो अवधि ६ महिनाभन्दा बढी नहुने व्यवस्था छ। अर्थात् यस अवधिभित्र कारबाहीको किनारा लगाइसक्नुपर्छ।

पदमा कायमै राखिरहे प्रमाण नष्ट गर्न सक्ने, थप सरकारी हानीनोक्सानी गर्ने वा जनमानसमा नकारात्मक असर पर्न सक्ने वा प्रहरी संगठनकै प्रतिष्ठामा आँच आउने अवस्था भएमा विवादित प्रहरी कर्मचारीलाई निलम्बन गर्न सकिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com