ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलबाट क्रोएसिया जान लागेका १५ बंगलादेशी नागरिक पक्राउ


एबीसी न्यूज
आश्विन १५, २०८१ मंगलबार  ८ : ३७ बजे

 

काठमाडौँ १५ असोज । नेपालको विमानस्थलबाट क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

 

पक्राउ परेकाहरुलाई अध्यागमन विभागले सोधपुछ गरी उनीहरु बसेकै होटल सञ्चालकको जिम्मामा छोडेको छ । यो सँगै बंगलादेशी नागरिक नेपाल आउने र एजेन्टमार्फत भारतबाट भिसा प्रक्रिया पूरा गरेर पुनः नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट क्रोएसिया जाने गरेको तथ्य खुलेको छ ।

प्रहरीले उनीहरुलाई ओभरस्टे र अन्य गैरकानुनी गतिविधिको आरोपमा पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो । विभागले सोधपुछ गर्दा उनीहरुले नेपालको बाटो भएर यूएई हुँदै क्रोएसिया जान आएको बयान दिएका हुन् ।

सोमबार पक्राउ परेका बंगलादेशीमा ४० वर्षीय मोख लेस, २० वर्षीय अमीरुल ईस्लाम, २५ वर्षीय मसूद सिकरी, २५ वर्षीय मुसा ढली, २० वर्षीय मोहम्मद मुसरफ हुसैन, २४ वर्षीय सोजिव मिया, २० वर्षका मोहम्मद अल अमिन, ४४ वर्षका मोहम्मद अनवार हुसैन, २२ वर्षका सलमान मिया, २१ वर्षका सलेह अहमद रिजुवान, ३१ वर्षका मोहम्मद अबु सलेह, २० वर्षका मोहम्मद नुर अलोम, ३९ वर्षका मोहम्मद मोनिर हुसैन, २७ वर्षका मोहम्मद हफिज उद्धन र २१ वर्षका कमरुल हसन छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरु ओभरस्टेलगायत आरोपमा पक्राउ परेका हुन् । विभागको अनुसन्धानमा अधिकांशले बंगलादेशबाट अन्तर्राष्ट्रिय विमानस्थलमै आएर ३० दिनको भिसा लिएको, त्यसपछि भिसा थप नगरी बसेको र पासपोर्ट एजेण्टले क्रोएसियाका लागि भिसा प्रक्रियामा भारत पुर्‍याएको बयान दिएको विभागका निर्देशक प्रेमप्रसाद दाहालले बताए । ‘भारतबाट पासपोर्ट ल्याएर ओभरस्टेबापतको जरिवाना तिर्ने र भिसा नियमित गर्ने प्रक्रिया पूरा नगरेमा उनीहरुलाई सम्बन्धित देशमै निस्कासन गरिने छ, त्यसबेलासम्म होटल सञ्चालक जमानीमा बसेपछि छाडिएको हो,’ उनले भने ।

पछिल्लो पटक बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशीलाई भारत प्रवेशमा कडाई गरिएको छ । त्यसकारण भिसा प्रक्रिया भारतस्थित क्रोएसियाली दूतावासबाटै पूरा गरी गन्तव्यमा पुग्न उनीहरुले काठमाडौंलाई ट्रान्जिट बनाउने गरेका हुन् । यसका लागि एजेन्टलाई पैसा बुझाएर उनीहरु नेपाल आउने गरेको भेटिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com