ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाका दसैँ अघि खुल्ने सम्भावना बन्द, फलफूलजन्य वस्तु बोकेका सय ट्रक नाकामै


एबीसी न्यूज

काठमाडौं १४ असोज । ३ वटा पुल बगाएपछि तातोपानी नाका दसैँअघि खुल्ने सम्भावना बन्द भएको छ। दसैँ तिहारको वस्तु आयातको चाप भइरहेको समयमा नाका ठप्प भएको हो।

फूलपाती आउन १० दिन मात्रै बाँकी हुँदा दसैँका वस्तु अब बजारमा आउने सम्भावना क्षीण बनेको छ। फलफूल, लसुन लगायत तत्काल सड्ने वस्तु भएका करिब १०० ट्रक अड्किँदा व्यवसायी आत्तिएका छन्। सडक नचल्दा भन्सार कार्यालय नै बन्द हुनपुगेको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईले सडक बन्द भएपछि नाका बन्द रहेको बताए।

 

उनका अनुसार बाह्रबिसेसम्म गाडी चल्न सक्ने अवस्था छ। सडक कार्यालयले भन्सार कार्यालय रहेको लार्चासम्म १–२ दिनमा बनाउनसक्ने बताएको छ। तर भन्सारसम्म बाटो बनिहाले पनि त्यहाँबाट नाकासम्म पुग्ने बाटो छैन।

‘सडक नखुल्दासम्म भन्सारको कुनै काम नै हुँदैन। दसैँको सामान नाकामा आए पनि भन्सार कार्यालयसम्म आउन सक्ने अवस्था छैन’, अधिकृत भट्टराईले नेपालखबरसँग भने, ‘हाम्रो कार्यालयबाट भन्सार पुग्न ७ किमि दूरी छ। उक्त सडकमा २ वटा पुल नै बगाएको छ।’

शुक्रबार भन्सार पास भएका सामग्री भने काठमाडौं आइपुगेका छन्। गत शुक्रबार राति र शनिबार बिहान ठूलो पानी पर्दा सडकसँगै पुल बगाएको थियो।

‘भन्सार कार्यालय रहेको लार्चासम्म सोमबार साँझसम्म खुल्छ भन्ने आएको छ। त्यो खुल्यो भने भन्सारमा रहेका कन्टेनर छुट्छन्’, उनले थपे, ‘खासामै रहेका वस्तु ल्याउन पुल बगाएकाले समय लाग्ने देखिन्छ।’

भट्टराईका अनुसार भन्सारनजिकै लार्चामा बेलिब्रिज बगाएको छ। उक्त ठाउँमा ह्युमपाइप र ढुंगा राखेर गाडी गुडाउन सक्ने देखिन्छ। लार्चा पुलभन्दा माथि २ ठाउँमा सडकको सम्बन्ध टुटेको छ। एक ठाउँमा भित्ता नै काटेर सडक बगेको छ भने अर्को ठाउँमा पुलसहित बाटो बगाएको छ।

‘पुल बगाएको ठाउँमा ह्युमपाइप राखेर हुँदैन। बेलिब्रिज राख्न समय लाग्ने देखिन्छ’, उनले भने।

यता व्यवसायीहरु सडक खुलाउन आफैँ लागिपरेका छन्। नाकामा करिब ३०० गाडी छन्। त्यसमध्ये १०० वटामा फलफूल, लसुनलगायत तत्काल बिग्रिने वस्तु छन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले दसैँअघि नै नाकामा आएका वस्तु ल्याउन पहल गरिरहेको बताए।

‘खासामा फलफूल, दसैँ तिहारको सामानसहित जाडोको कपडा गरी करिब ३०० कन्टेनर रहेको अनुमान छ’, अध्यक्ष कार्कीले भने, ‘जिल्लाको प्रतिनिधि, सडक कार्यालय, व्यवसायी सबै मिलेर अस्थायी रुपमा भए पनि गाडी चलाउन सकिन्छ कि भन्ने छ।’

बेलिब्रिज राख्न अझै २५–३० लाग्ने भएकाले अस्थायी उपाय खोजिरहेको उनले सुनाए।

सडक विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालले अहिले बाढीले २ वटा पुल बगाएकाले तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए।

‘पहिरो गएको ठाउँमा तत्काल पन्छाएर गाडी कुदाउने बनाउन सक्छौँ’, मर्मतसम्भार महाशाखाका प्रमुख अर्यालले भने, ‘डाइभर्सन गरेर ट्रक ल्याउन पनि समस्या छ।’

अरनिको राजमार्गको करिब ११३ किलोमिटरमध्ये काठमाडौं तर्फबाट ९५ किलोमिटरसम्म अहिले गाडी गुड्नसक्ने अवस्था रहेको उनको भनाइ छ।

उनका अनुसार त्यसभन्दा माथि जाने सडक बनाउन भने समय लाग्छ।

सिन्धुपाल्चोकका प्रतिनिधिसभा सांसद माधव सापकोटाले १ हप्ताभित्रै नाका खुलाउने तयारी भइरहेको बताए।

‘हामी सडक विभागका इन्जिनियरसहित तातोपानी नाका जाँदै छौँ’, उनले भने, ‘एक हप्ताभित्रै मालवाहक सवारीसाधन सञ्चालन गर्ने प्रयास हुनेछ। सडक कस्तो अवस्थामा छ, निरीक्षणपछि मात्रै भन्न सकिन्छ।’

रसुवासम्मको नाकाबाट पनि छैन सहज
यता रसुवागढी नाकासम्म सोमबार नै सडकको पहुँच पुग्ने सडक विभागले जनाएको छ।

‘रसुवागढी नाका पुग्ने सडक सोमबार साँझसम्म क्लियर हुन्छ’, सुई अर्यालले भने, ‘रसुवागढी नाकामा रहेका कन्टेनर काठमाडौं ल्याउन समस्या हुँदैन।’

खासामा आएका वस्तु केरुङ नाका भएर पनि आउन सक्छन्। खासाको सामान केरुङ पुर्‍याउन समय भने लाग्छ। तर केरुङबाट रसुवागढी नाकासम्म पुग्ने सडक नै अवरोध भएकाले कन्टेनर आउन सक्ने अवस्था नरहेको व्यवसायी बताउँछन्।

‘खासामा रहेका वस्तु केरुङ नाकामा लैजाँदा पनि धेरै समय लाग्छ। रसुवागढी नाकाको केरुङतर्फ खोला बढेर सडक माथि आएको भन्ने छ’, हिमालय सीमापारका कार्कीले भने, ‘त्यसैले ह्विमपाइप राखेर हुन्छ वा कसरी सकिन्छ, पहल गरिरहेका छौँ।’

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले रसुवागढी नाका तत्काल खुलाउन सक्ने देखिए पनि तातोपानी नाकामा केही समय लाग्ने बताए।

‘रसुवागढी नाकासम्मको सडक तत्काल खुल्छ भन्ने जानकारी आएको छ’, महानिर्देशक पुडासैनीले भने, ‘तर चिनियाँतर्फ पानीको सतह माथिसम्म आएर उताबाट गाडी आउन नसक्ने भन्ने सूचना आएको छ। ल्हासामा भएको वाणिज्य दूतावाससँग नाका खुलाउने विषयमा छलफल भइरहेको छ।’

उनले पानीको सतह कम भएपछि मात्र नाका चल्ने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com