ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिपी राजमार्गमा तत्काल सञ्चालन हुन नसक्ने


एबीसी न्यूज

काठमाडौं १४ असोज । बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ।वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक क्षति गरेसँगै तत्काल यातायात सञ्चालन हुनसक्ने अवस्था नरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

बाढीले बिपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्मको सडकखण्डको विभिन्न स्थानमा सडक क्षति गरेका कारण तत्काल जिल्लाको भकुण्डेबाट पूर्वतर्फ सडक सञ्चालन हुने अवस्था नरहेको कार्यालयले जनाएको हो।

कार्यालयका प्रमुख सिडिई सुमन योगेशले रोसीमा आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा गरेर १५ सय मिटर सडक ध्वस्त भएकोले तत्काल यातायात सञ्चालन सम्भव नभएको बताउनुभयो।

उहाँले तत्कालका लागि भकुण्डेसम्म सडक सञ्चालन भए पनि त्यहाँबाट उता सम्भव नभएको बताउनुभयो। उहाँले भकुण्डेबाट अघि बढेपछि मात्रै सडक निर्माण गर्न सकिने या नसकिने भन्ने विषयमा यकिन गर्न सहज हुने बताउनुभयो।

बाढीका कारण बिपी राजमार्गको १ नम्बर पुल, कटुञ्जेवेशी, नार्के, डालाबेँशीमा सडक पूर्ण रूपमा क्षति भएको छ।गणेश, हिमाल, तराई यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापाले बाढीले सडक क्षति गर्दा नेपालथोकदेखि कटुन्जेसम्मको क्षेत्रमा करिब एक सय वटा माइक्रो, २० वटा ठुला बस रोकिएको बताउनुभयो।

उहाँले सडक डाइभर्सन नगरेसम्म सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउनुभयो।उहाँले सबै निकायको समन्वयमा पर्याप्त उपकरण प्रयोग गरिएको खण्डमा एक साताभित्र डाइभर्सन गरेर यातायात सञ्चालन गर्न सकिने बताउनुभयो।उहाँले सडक डाइभर्सन नगरेसम्म नेपालथोकबाट उता र कटुञ्जेबाट यता यात्रु मेल ९बसमा यात्रु साटासाट० गरेर सवारी चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो।

वि।सं। २०५० सालको भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र यातायात सेवा टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिक मार्गको रूपमा विकास गर्ने सोच अनुरूप जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷०५४ बाट निर्माण कार्य सुरु गरी २०७२ असार १८ गते निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com