ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी ब्यारेजमा ५६ वर्षयताकै बढी पानी


एबीसी न्यूज

काठमाडौं १३ असोज । सप्तकोशीमा बाँध निर्माण भएयता आइतबार दोस्रो ठूलो बाढी मापन भएको छ । सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी ब्यारेजमा सन् १९६८ ९२०२५ साल० मा अत्याधिक बाढी मापन भएको थियो ।

त्यसयता आइतबार बिहान अत्याधिक बाढीको बहाव मापन भएको कोशी भुआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले जानकारी दिए । आइतबार बिहानपछि भने पानीको मात्रा घट्न थालेको छ ।

आइतबार बिहान कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो । सिटौलाका अनुसार सन् १९६८ अक्टोबर ५ ९२०२५ असोज २० गते० मा कोशीमा ७ लाख ८८ हजार २०० क्युसेक बहाव मापन भएको रेकर्ड थियो ।

त्यसपछि आइतबार बिहान ६ लाख ६१ हजार क्युसेक मापन भएको उनले बताए । बिहानबाट भने कोशीको बहाव घट्न थालेको छ । जोखिम कायमै रहेका कारण ब्यारेजका ५६ वटै ढोका खुला छन् ।

ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारीसाधन र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ ।

२०६५ साल भदौ २ गते कोशीको पूर्वतर्फको बाँध फुटेर बस्तीमा पस्दा १ लाख ६८ हजार क्युसेक बाढी मापन भएको थियो । सन् १९६२ मा बनेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक पानीको बहाव थेग्नसक्ने क्षमता छ ।

तर ब्यारेज भन्दा उत्तरतर्फको भाग बालुवाले पुरिएका कारण क्षमता बराबरको बहाव थेग्न सक्ने अवस्था छैन ।

बस्तीमा पस्यो पानी

उदयपुरको बेलका नगरपालिका(२ को बानडाँडा, बुधबारे, भागलपुर लगायतका बस्तीमा कोशीको बाढीका कारण डुबान भएको छ ।

बेलका–३ को एकता टोल र एबीसी टप्पुमा समेत बाढी पसेको छ । प्रहरीले ३६ परिवारलाई सुरक्षित स्थानमा सारेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ गोबरगाढा टापुमा आइतबार बिहान कोशीको बाढी पसेको छ । बेलका र कंकालिनीमा पानीको बहाव धेरै भएपछि बस्तीमा पसेको सिटौलाले बताए ।

भारतीय पक्षले कोशीको बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेको भन्दै कोशीसँग जोडिएका भारतको ८ जिल्लामा सचेत रहन सूचना जारी गरेको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार दिउँसो १२ बजे बाढीको बहाव ५ लाख ८२ हजार क्युसेक मापन भएको छ ।

बिहान ७ बजे ६ लाख ६१ हजार क्युसेक पुगेको थियो । पानीको बहावको इकाइलाई क्यूसेक भनिन्छ । सामान्यतया पानीको बहाव कति छ भनेर थाहा पाउन क्यूसेकको प्रयोग नदीहरूमा गरिन्छ । यो प्रतिसेकेन्डमा मापन हुन्छ ।

भारतको पटनास्थित जल संशाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा नोटिस जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com