ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरमा मात्र बाढी र पहिरोले २३ जनाको मृत्यु, टुट्यो सडक, विद्युत् र सञ्चार सम्पर्क


एबीसी न्यूज

काठमाडौं १३ असोज । असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण आएको बाढी र पहिरोले ललितपुर जिल्लामा धेरै जनधनको क्षति भएको छ।

६ वटै स्थानीय तहका जनप्रतिनिधिले दिएको जानकारीअनुसार जिल्लाभर मानवीय क्षति र भौतिक क्षति व्यापक भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले अहिलेसम्म जिल्लाभर २३ जनाको मृत्यु भएको पछिल्लो तथ्यांक आएको बताए। उनका अनुसार करिब १५ जना बेपत्ता छन्।

 

तीनवटै पालिकामा विद्युत् आपूर्ति बन्द छ। सबैभन्दा बढी गोदावरी नगरपालिकामा मानवीय क्षति भएको छ।

प्रवक्ता समेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष मिलन सिलवालले दिएको जानकारीअनुसार सो नगरपालिकामा १३ जनाको मृत्यु भएको छ।

१४ वटा वडा रहेकोमा ७ वटामा गम्भीर क्षति पुगेको छ। पहिरोले घर पुरेको उनले बताए।

‘सबैभन्दा बढी ६ नम्बर वडामा मानवीय क्षति भएको छ। अहिलेसम्म एउटै वडामा ४ जनाको मृत्यु भएको पुष्टि छ’, सिलवालले भने, ‘केही बेपत्ता भएको सुनेका छौँ तर उद्धार गर्न जानसक्ने बाटो छैन।’

‘पहिरो ९० डिग्रीमा गएको छ। सडक र टेलिफोन सम्पर्क नहुँदा उद्धारमा कठिनाइ भयो’, जिल्ला विपद् व्यवस्थापन समिति बैठकमा सिलवालले ब्रिफिङ गर्दै भने।

व्यवसायीले सहयोग नगरेको उनको गुनासो छ।

यसैगरी महालक्ष्मी नगरपालिकामा अहिलेसम्म ९ जनाको मृत्यु भएको मेयर हरिगोविन्द श्रेष्ठले बताए। उनका अनुसार वडा ९ र १० बढी प्रभावित छन्।

‘कर्मनासा खोला र गोदावरी खोलाले विध्वंस मच्चाउँदा ५ सय घर डुबानमा परेको छ’, उनले भने।

राजधानीसँग जोडिएको भएर पनि अझै उद्धार हुन नसक्दा केही घाइते अलपत्र अवस्थामा रहेको महांकाल गाउँपालिकाका अध्यक्ष गणेश केसीले बताए।

उनका अनुसार सञ्चार सम्पर्क विच्छेद हुँदा भौतिक र मानवीय क्षतिको एकीन विवरण नै आएको छैन।

‘अहिलेसम्म पालिकाभरि १२ जनाको मृत्यु भएको सूचना आएको छ’, उनले भने, ‘केही पुरिएको खबर आएको छ। मानिस सम्पर्कविहीन छन्।’

सो पालिकामा प्रहरी चौकी नै बगाएको छ।

यस्तै, कोन्ज्योसोम गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ।

पालिका अध्यक्ष कृष्णमान लामाका अनुसार २०३८ सालपछिको सबैभन्दा ठूलो क्षति भएको छ।

‘खोला किनाराका कुनै बस्ती सद्दे छैनन्’, लामाले भने, ‘स्थिति भयावह छ। एकीन तथ्यांक संकलन गर्न सञ्चार र सडक सम्पर्क विच्छेद छ।’

वर्षापछिको बाढी र पहिरोले दर्दनाक अवस्था भएपछि पालिका जान खोजे पनि सडकमार्ग नै क्षतिग्रस्त भएपछि जान नसकेको उनी बताउँछन्।

यसैगरी जिल्लाकै बागमती गाउँपालिकामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ।

भौतिक संरचनामा व्यापक क्षति भएको पालिका अध्यक्ष वीरबहादुर लामा बताउँछन्।

पालिकाका सबै वडासँग सडक सञ्जाल विच्छेद भएको उनले बताए।

काठमाडौं र मकवानपुर जोड्ने दुईवटै पक्की पुल बागमती र खानीखोलाले बगाएको छ। दुईदिनदेखि सञ्चार सम्पर्क पनि विच्छेद भएको छ।

कुलेखानीको ड्यामका ढोका खोलिएपछि बागमतीमा व्यापक बाढी आएको र त्यसले सयौँ बिघा जमिन बगाएको लामाले बताए।

‘सडकको ट्रयाक नै बगायो, कान्तिलोकपथ पूरै अवरुद्ध हुँदा मकवानपुर र ललितपुर तथा काठमाडौं आउने सबै सडक ठप्प छ’, लामाले भने, ‘पालिकाभरि खानेपानी पाइप पहिरो र खोलाले बगाउँदा खानेपानीको हाहाकार हुन थालिसक्यो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com