ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने


एबीसी न्यूज

काठमाडौं १३ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद पीडितका लागि तत्कालका लागि ५० लाख रुपियाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास बुढानीलकण्ठ आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘सङ्कटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरि नेपाली कांग्रेसको सङ्घीय सांसदहरुको १५ दिनको पारिश्रमिक समेत गरि नेपाली कांग्रेसका तर्फबाट कूल रु। ५०,००,०००।– ९पचास लाख० सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय यो बैठक गर्दछ ।’’

कार्यबाहक मुख्य सचिव डा। प्रदिप पराजुलीका अनुसार बैठकले समसामयिक विषयमा १५ वटा निर्णय गरेको छ । अविरल वर्षाका कारण उत्पन्न घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यसम्पादन समितिको बैठकले दिवंगतहरुको आत्माको शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । बैठकले बेपत्ताहरुको खोजिमा हरसम्भव प्रयास तीब्र ढंगले गर्न सरकारको ध्यानाकर्षण गराउँदै, सबै घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गरेको छ ।

यसैगरी, पार्टीको ‘१०० दिने विशेष अभियान’ को पूर्व निर्धारित कार्यक्रम कोजाग्रत पुर्णिमा ९असोज ३०० सम्म स्थगित गर्ने निर्णय पनि गरेको छ ।

बैठकको निर्णयहरूः

१० अविरल वर्षा, बाढी र पहिरोमा परेर केहि दिन यता सय भन्दा बढीको मृत्यु, कयौं बेपत्ता र कयौं घाइते भएको घटनाले यतिबेला समस्त नेपालीलाई मर्माहत बनाएको छ । यो समग्र घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यसम्पादन समितिको यो बैठक दिवंगतहरुको आत्माको शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । बेपत्ताहरुको खोजिमा हरसम्भव प्रयास तीब्र ढंगले गर्न सरकारको ध्यानाकर्षण गराउँदै, सबै घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गर्दछ ।

२० कयौं नागरिक अझै पनि देशको विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेको खबर आएका छन् । अतः सरकारले आफ्नो सम्पूर्ण संयन्त्र त्यसमा केन्द्रित गरेर उद्धार कार्य सम्पन्न गर्न तथा स्वयंसेवी, नागरिक पंक्ती, नेपाली कांग्रेसका स्थानीय संरचना, अन्य सबै दल र संघ–संस्थालाई उद्धार र राहतको कार्यमा ऐक्यवद्ध ढंगले कार्य गर्न यो बैठक अपील गर्दछ ।

३० प्राकृतिक प्रकोपले कैयन ठुला–साना सडक अवरुद्ध भएका छन् । कयौं पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । अस्तव्यस्त बन्न पुगेको जनजीवनलाई यसले झनै कष्टकर बनाउन सक्ने देखिन्छ । चाडपर्वहरुमा गाउँ जान चाहने नागरिकको चाप केहिदिन पछि थपिने छ । अतः अवरुद्ध सडकहरुको मर्मत संभारको कार्य तीब्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगत गरि बेलिब्रीज जडान गर्न यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

४० प्रकोपका कारण अर्बौंको क्षती भएको छ, केही विद्युत गृह क्षतिग्रस्त बन्न पुगेका छन् । विद्युत उत्पादन र नियमित रहेको वितरणमा गम्भीर असर पुगेको छ । संचार सेवा कयौं ठाउँमा अवरुद्ध भएको छ । खानेपानीको वितरण प्रभावित भएको छ । यसले गर्दा तत्काल भोग्नुपरेको समस्यामा नागरिक पंक्तिलाई विश्वासमा लिँदै, अवस्था सामान्य बनाउन सम्बन्धित निकायलाई सघन रुपले परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।

५० विषम परिस्थितिको समयमा बजारमा बढ्न सक्ने कालोबजारी, सवारी साधनको भाडामा हुने अनियमितता नियन्त्रण गर्न(गराउन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।

६० नियमित रुपले झेल्नु परेको प्राकृतिक विपद्सँग जुध्न आवश्यक पूर्व तयारी र उद्धारमा अझै तीब्र र चुस्त तयारीको आवश्यकता खड्किएको छ । अतः तिनै तहको सरकारले निभाउनु पर्ने भूमिकाको एकीकृत रणनीति र चुस्त कार्ययोजना निर्माण गर्न तथा उद्धारमा आवश्यक पर्ने श्रोत–साधनको पर्याप्त जोहो गर्न कार्यसम्पादन समितिको यो बैठक सरकारलाई ध्यानाकर्षण गराउँदछ ।

७० प्राकृतिक प्रकोपले राष्ट्रिय विपत्तिको रुप लिएको यो घडिमा नागरिक पंक्तिलाई थप सतर्कताको अपील गर्दै सबै राजनैतिक दल, संघ–संस्थालाई यो स्थितिको सामना ऐक्यवद्ध रुपले गर्न यो बैठक आह्वान गर्दछ ।

८० क्षतिग्रस्त सबै खाले संरचनाहरुको पुनर्निर्माणका लागि एम्ल्ब् ९एयकत म्ष्कबकतभच ल्भभमक ब्ककभककmभलत० तयार गर्ने प्रकृया शुरु गर्न यो बैठक सरकारलाई आग्रह गर्दछ ।

९० राष्ट्रिय विपत्तिको यस घडीमा पार्टीको ‘१०० दिने विशेष अभियान’ को पूर्व निर्धारित कार्यक्रम कोजाग्रत पुर्णिमा ९असोज ३०० सम्म स्थगित गर्ने निर्णय गर्दछ । केन्द्रीय प्रतिनिधिहरुलाई आफु खटिएको जिल्लामा उद्धार र राहतको कार्यमा आवश्यक समन्वय गर्न(गराउन केन्द्रित गर्ने निर्णय यो बैठक गर्दछ ।

१०० तीनै तहका जनप्रतिनिधि तथा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका साथीहरु तथा भ्रातृ एवं शुभेच्छुक संस्थाको सबै तहको साथीहरुलाई उद्धार र राहतमा समर्पित ढंगले क्रियाशील हुन यो बैठक अपिल गर्दछ ।

११०कोजाग्रत पुर्णिमाका दिन नियमित रुपले आयोजना गरिदै आएको चियापान कार्यक्रम, प्राकृतिक विपद्का कारण यो बर्षका लागि स्थगित गर्ने निर्णय यो बैठक गर्दछ ।

१२० संकटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरि नेपाली कांगे्रसका संघीय सांसदहरुको १५ दिनको पारिश्रमिक समेत गरि नेपाली कांग्रेसका तर्फबाट कूल रु। ५०,००,०००।– ९पचास लाख० सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय यो बैठक गर्दछ ।

१३० संवत् २०८१ साल मंसिर १६ गते सम्पन्न हुने स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिन्छ ।

१४० उक्त उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।

१५) संवत् २०८१ साल मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव श्री प्रकाश शर्मालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।

जय नेपाल !

डा. प्रदिप पराजुली

 

का.वा. मुख्य सचिव

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com