ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झ्याप्लेखोला पहिरोमा थप ३ वटा शव भेटिए, अर्को एउटा बस पुरिएका अवस्थामा


एबीसी न्यूज
आश्विन १३, २०८१ आईतबार  ९ : ५९ बजे

 

काठमाडौं १३ असोज ।  धादिङको झ्याप्ले खोलामा आज (आइतबार) बिहान थप ३ शव फेला परेको छ। घटनास्थलमा सुरक्षाकर्मीले शव निकाल्ने प्रयास गरिरहेका छन्।

ती तीन जना गोरखाबाट आएको बसका यात्रु हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

यसैबीच असोज ११ गते बिहान गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि प्रस्थान गरेको ना ४ ख २२७० न को बस राति १० बजेदेखि सम्पर्कविहीन भएको छ।

११ गते राति १० बजे खानिखोलासम्म सम्पर्क भएको त्यसपछि कोही कसैसँग सम्पर्क नभएको कम्पनीले जनाएको छ।

तर आजसम्म पनि केही पत्ता नलागेकाले खोजीका लागि सम्बन्धित सबैमा दरौदी यतायात प्रालिले जनाएको छ।

यसैबीच धादिङको झ्याप्लेखोलामा पुरिएका २ वटा बस निकाल्ने क्रममा अर्को बस फेला परेको छ। त्यो त्यही गोरखाबाट आएको बस हुनसक्ने अनुमान गरिएको छ। तर पुष्टि गर्न बाँकी छ।

अर्को बस भेटियो
धादिङको धुनिबेशि नगरपालिका– ९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा अर्को पनि बस फेला परेको छ।

पुरिएरका दुईवटा बस निकालेर बाटो सफा गर्ने क्रममा अर्को पनि बस पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स्काभेटरले खन्ने क्रममा अहिलेसम्म बसको थोरै भागमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए।

‘बसको पूरै भाग नदेखिएकोले कहाँको लागि छुटेको बस हो भन्ने पत्ता लागेको छैन,’ नेपालखबरसँग सिलवालले भने।

यसअघि शुक्रबार गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको एउटा बस खानीखोलाबाट सम्पर्कविहीन भएको थियो। लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो। बसमा रहेका यात्रुका आफन्तले खोजबिन गरिदिन आग्रह गरिरहेका छन्।

बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि बस पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ। यद्यपि पहिरोले पुरिएको बस त्यही हो अथवा अरु नै हो भन्ने बिषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

पहिरो पन्छाएर बस निकाल्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com