ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा इतिहासकै सबैभन्दा धेरै वर्षा, राजधानीमै १९ सय बढी घर डुबानमा(अपडेट–देशभर)


ABC News

 

काठमाडौं १२ असोज । शुक्रबार साँझदेखि देशका विभिन्न भागमा परेको पानी मध्ये राजधानी काठमाडौंमा सवैभन्दा धेरै अहिलेसम्मकै धेरै वर्षा मापन भएको मौसम विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि वर्षाको अभिलेख राख्न शुरु भएको हो ।

मौसम पूर्वानुमान महाशाखाकाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं अहिलेसम्मकै धेरै वर्षा मापन भएको छ ।

महाशाखाका अनुसार शुक्रवार बिहान ८ः४५ देखि शनिवार बिहान ८ः४५ बजेसम्म राजधानी उपत्यकामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ।

“अभिलेखमा रहेका तथ्याङ्कहरूको प्रारम्भिक विश्लेषणले काठमाडौंमा अहिलेसम्मकै धेरै वर्षा मापन भएको देखाएको छ,विभागले जनाएको छ ।
महाशाखाका अनुसार यसअघि सन् २००२ मा काठमाडौंमा मापन भएको १७७ मिलिमिटर वर्षा नै यसअघिसम्मकै उच्च थियो।

त्यसको २२ वर्षपछि शुक्रवार र शनिवार काठमाडौंमा त्यसभन्दा धेरै वर्षा भएको बताइएको छ ।

 

जल तथा मौसम विज्ञान विभागले वर्षाको अभिलेख विश्लेषण भइरहेका कारण आइतवार मात्रै देशभरि कुन–कुन स्थानमा अहिलेसम्मकै धेरै वर्षा भयो भन्ने विवरण सार्वजनिक हुने बताएको छ।

देशभरि वर्षा, कहाँ कस्तो क्षति ?

नेपाल प्रहरीका अनुसार राजधानी उपत्यकाका तीन जिल्लामै १,९२४ वटा घर डुबानमा परेका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै ३४ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएको प्रहरीले जनाएको छ।

गृह मन्त्रालयले घाइते हुनेमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरू पनि रहेको जनाएको छ।

सबैभन्दा धेरै ललितपुरमा १८ जना, काठमाडौंमा ११ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरी मुख्यालयले जनाएको छ।

अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या ६२ पुग्यो (अपडेट)

उपत्यकाका तीन जिल्लामा १३१५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
शनिवार ३ः३० सम्मको विवरण अनुसार काठमाडौंमा १,३२४ , ललितपुरमा ५०० र भक्तपुरमा १०० वटा गरी जम्मा १,९२४ वटा घर डुबानमा परेका छन्।

निजी घर, कार्यालय, सपिङ मल र प्रहरी कार्यालयहरू पनि डुबानमा परेका दृश्य सामाजिक सञ्जालमा देखिएका छन्।

वर्षाका कारण राजधानी उपत्यकाका अधिकांश खोला र नदीहरूमा जल सतह बढेर नदी किनारका सडक र बस्तीहरू जलमग्न भएका छन्।

अत्यधिक वर्षाका कारण जलाशय भरिएपछि काठमाडौंका दक्षिण पश्चिमी क्षेत्रमा रहेको मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको बाँध तीन दशकपछि खोलिएको थियो ।

बाढी

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शुक्रवार र शनिवार सक्रिय देखिएको वर्षा आइतवार दिउँसोसम्म पनि यी पाँच प्रदेशमा जारी रहने देखिएको छ।

“साँझबाट कोशी प्रदेशमा कम हुँदै जाने र मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आइतवार दिउँसोसम्मै सक्रिय हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि जारी झरी सकिए पनि मनसुन बाहिरिन बाँकी रहेका कारण त्यसपछि पनि छिटपुट वर्षा हुनसक्ने बताइएको छ ।

मृत्यु
गृह मन्त्रालयका अनुसार शनिवार अपराह्नसम्म बाढी पहिरोका कारण मृत्यु हुनेहरूको सङ्ख्या ३८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २९ जना बेपत्ता भएको र २६ जना घाइते भएको जानकारी दिए।

राष्ट्रपतिबाट गृहमन्त्रीलाई फोन

बाढी र डुबानका कारण फसेका मानिसहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासोमाझ राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी उद्धार तथा राहत कार्यलाई तीव्र पार्न निर्देशन दिएका छन्।

पौडेलले भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी पनि लिएका उनको सचिवालयले जनाएको छ।

“उहाँले देशका विभिन्न स्थानमा बढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दे उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिनुभएको छ,” राष्ट्रपतिको सचिवालयले भनेको छ।

राष्ट्रपति पौडेलले विपद्‌मा सहयोगका लागि सबैलाई अपिल पनि गरेका छन्।
गृहमन्त्री रमेश लेखकले मन्त्री निवास नजिकैको एक छाप्रोबाट उद्धारको अपिल गरेकालाई भिजिविलिटीका कारण उद्धार गर्न नसकिएको भन्दै दिएको अभिव्यक्तिप्रति सामाजिक सन्जालमा चर्को विरोध भइरहेको छ ।
यसैबीच आज बसेको मन्त्रीपरिषद सचिवालयको बैठकले बर्षाका कारण घाइते भएकाहरुको उपचार निशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सन्चार मन्त्री पृथ्वी सुव्वा गुरुंगले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com