ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थी संगठनको सम्मेलनमा प्रचण्डले भने– तपाईंहरू सडकको बाघ, म संसद्को सिंह


एबीसी न्यूज

काठमाडौं १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रतिनिधि सभाको सिंह बनेर निस्किएको दाबी गरेका छन्। बिहीबार अनेरास्ववियू  क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

आफ्नो दल सरकारबाट बाहिर निस्कँदैगर्दा विद्यार्थीहरू सडकका बाघ र आफू चाहिँ प्रतिनिधि सभाको सिंह भएर निस्किएको प्रचण्डले दाबी गरे।

‘हामी सरकारबाट बाहिर निस्कँदै गर्दा तपाईंहरू सडकको बाघ, म चाहिँ प्रतिनिधि सभाको सिंह भएर निस्किएको छु,’ प्रचण्डले भने, ‘तपाईंहरूले सडकको बाघ भन्नुभएको छ, म सलाम गर्न चाहन्छु। तपाईंहरू बाघ नै भएर निस्किनुपर्छ।

 

साथै, उनले प्रतिक्रियावादी र दलालहरूले संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारेको बताए।

‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिँदैगर्दा प्रतिक्रियावादी र दलालहरूले संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारेका छन्। अब हामी जनताको बीचमा गएर जनताको तागत लिएर यिनका विरुद्धमा लड्नेछौँ भनेर कमिटमेन्ट गरेको थिएँ,’ उनले भने।

उनले विद्यार्थीहरूलाई अपिल गर्दै थप अघि भने, ‘आज राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा विद्यार्थी साथिहरूलाई अपिल गर्न चाहन्छु, तपाईंहरूको साथ मिल्यो भने केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com