ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहारा सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोडबारे थप अनुसन्धान गरिने


एबीसी न्यूज

काठमाडौं १० असोज । सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको ७४ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको खुलेको छ। चितवनको भरतपुर महानगरपलिका ३ स्थित केन्द्रीय कार्यालय रहेको सहारा चितवन बहुउदेश्यीय सहकारी संस्थाको बचत अपचलनमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ।

४४६ जना बचतकर्ताको साढे ३७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा मुद्दा दर्ता भए पनि अनुसन्धानका क्रममा केही कारोबारको विवरण भने प्रहरीले सम्बन्धित निकायबाटै पाउन नसकेको अभियोग पत्रमा उल्लेख छ।

सहकारीको रकम अपचलन गरेर जम्मा गरिएका केही खाताको विवरण राष्ट्र बैंक र अन्य केही बैंकले नै प्रहरीलाई उपलब्ध नगराएका हुन्। सहकारीबाट विभिन्न कम्पनीहरुमा समयसमयमा रकम गएको देखिएको र यसरी खुलेका कम्पनी तथा प्रालिहरुको समेत बैंक खाताको बैंक स्टेटमेन्ट माग गरिएको थियो। बैंक स्टेटमेन्टको एक्सेल सिट सफ्ट कपीको विवरण नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागमा माग गरिएको थियो।

 

तर उक्त विवरण प्राप्त हुन नसकेको अभियोग पत्रमै जनाइएको छ।

‘सहारा चितवन बहुउदेश्यीय सहकारी संस्था लिमिटेडबाट गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार के, कसरी, को–को सँग भएको हो, सो को विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकोले सो कम्पनीहरुको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायतका बारेमा थप अनुसन्धान गर्नु पर्ने देखिन आयो,’ अभियोग पत्रमा भनिएको छ।

मुद्दाको हदम्याद समेत विचार गरेर अहिले अहिलेकै अवस्थामा उल्लिखित कम्पनी र पदाधिकारीहरुका सम्बन्धमा निर्णयमा पुग्न नसकिने देखिएको हुँदा थप अनुसन्धान गर्नु पर्ने देखिएकाले पुनः अनुसन्धान गरी पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने पनि सरकारी वकिल कार्यालयले जनाएको छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पनि रवि लामिछाने, छविलाल जोशी लगायतलाई पूरक जाहेरीपछि मात्रै अनुसन्धानको दायरामा ल्याइएको छ। कास्की प्रहरीले लामिछानेसँग यसअघि सोधपुछ गरेको थियो। जोशीलाई भने अहिले हिरासतमा राखेर बयान लिइरहेको छ।

पहिलो चरणमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा
जिल्ला सरकारी वकिल कार्यालय चितवनले पहिलो चरणको मुद्दामा भने जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिसकेको छ।

यो सहकारीको पनि जीबी राई संस्थापक अध्यक्ष हुन्। सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका ४४६ बचतकर्ताको साढे ३७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोप उनीहरुमाथि लगाइएको छ।

आरोपितमध्ये एकजनालाई मात्रै पक्राउ गरिएको छ। पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेल मात्रै हिरासतमा छन्।

जीबीसहित १३ जना फरार छन् भने अरु तीन जनालाई अनुपस्थित भनेर मुद्दा दायर गरिएको छ।

प्रतिवादीहरुमा जीबीसहित सागर केसी, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, कुमार रम्तेल, शरण विश्वकर्मा, वीरबहादुर रानाभाट र थानबहादुर बुढा मगर रहेका छन्।

शरण, वीरबहादुर र थानबहादुरलाई अनुपस्थित जनाएर मुद्दा दायर गरिएको छ।

सहारा चितवन सहकारीका बचतकर्ता समेत रहेका जाहेरवालाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ १८ पैसा हिनामिना गरेको अभियोग छ।

यस्तै सोही सहकारीका भरतपुर, रत्ननगर, टाँडी र पर्साको सेवा केन्द्रका जाहेरी दरखास्त पेस गर्ने बचतकर्ता बाहेकको बचत रकम ५२ करोड ६७ लाख ७ सय ६२ रुपैयाँ २९ पैसा को हकमा पछि बचतकर्ताहरुको उजुरी परेका बखत कानुनबमोजिम हुने अभियोग पत्रमा उल्लेख गरिएको छ।

सहकारीको चार करोड ८४ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ। सहकारीबाट विभिन्न ५ वटा कम्पनीमा रकम लगेको देखिएको छ। यसमध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ ६ पैसा गएको भनिएको छ। तर गोर्खा मिडियाको खातामा भने ३ करोड ५० लाख रुपैयाँ मात्रै गएको देखिएको छ।

यस्तै नेचर हर्ब्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८ सय ९७ रुपैयाँ ४ पैसा गएको भनिएको छ। तर अनुसन्धानका क्रममा ९६ लाख मात्रै गएको देखिएको अभियोग पत्रमा उल्लेख छ।

जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८ सय ५४ रुपैयाँ ७४ पैसा गएको भनिएकोमा एक करोड २५ लाख ३२ हजार रुपैयाँ मात्रै गएको देखिएको छ।

नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३ सय २२ रुपैयाँ ८३ पैसा गएको भनिएकोमा एक करोड २७ लाख गएको पाइएको छ भने स्प्रिङ उड रियल स्टेट हाउजिङ प्रालिमा ६ करोड ८१ लाख ८८ हजार ७ सय ३ रुपैयाँ ८३ पैसा गएको देखाइएको छ। तर उक्त कम्पनीमा रकम गएको नदेखिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

यसबाहेक उक्त सहकारीको विवरण रहेको सफ्टवेयरमा अन्य कारोबार नदेखिएको पनि अभियोग पत्रमा उल्लेख छ। चन्द्रागिरि सबरेमिट प्रालिमा ४१ लाख ३० हजार, नेक्स म्युजिक बार प्रालिमा ७० लाख र स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारीमा ९ करोड रकम पठाएको आईबीटी कारोबारमा देखाइएको छ। तर उक्त विवरण सफ्टवेयरमा भने फेला परेको छैन। अहिले दाबी लिइएको ३७ करोड बढी रकम ४४६ जाहेरवालालाई भराइदिन माग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com