ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै राष्ट्र बैंक


एबीसी न्यूज

काठमाडौं ९ असोज ।  नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ। यसअघि २०७१र७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएको थियो। यो वर्षबाट २०८०र८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको हो ।

राष्ट्र बैंकले हाउसहोल्ड बजेट सर्वेक्षण गर्ने गरेकोमा यो वर्ष केन्द्रीय तथ्याकं कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षण र आधार मूल्यको तथ्यांक राष्ट्र बैंकले संकलन गरेको हो ।

त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रीय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो ।

आधार वर्ष परिवर्तन किन ?

केन्द्रीय बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्य भार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यता अनुसार आधार वर्ष परिवर्तन गरिएको हो ।

पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपर्ने कारण आधार वर्ष परिवर्तन भएको हो ।

यस्तै देश संघीयतामा गएपछि संघीय संरचना अनुसार तथ्यांक संकलन गर्न पनि आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा भएको परिमार्जनबारे राष्ट्र बैंकका उपनिर्देशक सुमन न्यौपानेले बताए ।

उनका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिएको छ ।

जसमा प्रत्येक साता ५९ वस्तु तथा सेवा मासिक ९४ वस्तु तथा सेवा र त्रैमासिक रूपमा ३ सय ७२ वस्तु तथा सेवाको मूल्य संकलन हुने भएको छ ।

पुरानो आधार वर्ष अनुसार खाद्य तथा पेय पदार्थ समूहको भार ४३।९१ प्रतिशत रहेकोमा नयाँ आधार वर्षमा ४५।७९ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहको भार ५६।०९ बाट ५४।२१ प्रतिशत भएको छ ।

सात प्रदेशको उपभोक्ता मूल्य सूचकांक पनि सार्वजनिक गर्ने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा। गुणाकर भट्टले बताए।

त्यसैगरी राष्ट्र बैंक उपनिर्देशक वीरेन्द्रबहादुर बुढाले शोधनान्तर स्थितिको तथ्यांक संकल विधि परिमार्जन भएको बताए । ‘बीपीएम म्यानुअल ५’ अनुसार सार्वजनिक गर्दै आएकोमा बीपीएम म्यानुअल ६ अनुसार सार्वजनिक हुने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको बीपीएम अनुसार शोधनान्तर स्थितिको तथ्यांक सार्वजनिक भएको बुढाको भनाइ छ । शोधनान्तर स्थिति तथ्यांक २००४ बाट बीपीएम ५ अनुसार तथ्यांक प्रकाशित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com