ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक जग्गामा बनेको लायन्स भवनमा डोजर


एबीसी न्यूज

काठमाडौं ९ असोज । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको नारायणगढको लायन्स क्लबको पाँच तले भवन भत्काइएको छ । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङगी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।

वुधबार विहान भरतपुर महानगरपालिकाको डोजरले भवन भत्काएको महानगरपालिकाका इन्जिनियर सूर्य लामाले जानकारी दिनुभयो । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा नहटाएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित हुनुभएको थियो ।

तीन धुरमा निर्माण गरिएको भवनले पूर्व–पश्चिम राजमार्गको २० प्रतिशत जग्गा मिचेको छ । मापदण्डविपरित र अनधिकृत संरचना हटाउने कामलाई महानगरले निरन्तरता दिने नगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

वर्षौदेखि सरकारी जग्गा हडपेर ठूला भवन बनाउने अनि भाडामा लगाएर खाने प्रचलनलाई तोड्न लागेको उहाँले बताउनुभयो । महानगरले पुङगी खोला सौन्दर्यकरणको काम गरिरहेको छ । यो खोलाको जग्गा मिचेर निर्माण गरिएको अन्य भवन समेत भत्काउने तयारीमा महानगर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com