ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै तीन हप्ता डेंगुको जोखिम कायमै, दशैँमा भयावह हुन सक्ने आँकलन


एबीसी न्यूज

काठमाडौं ७ भदौ । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ ।

यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले अझै २०÷२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो

उहाँ भन्नुहुन्छ,“अबको २०(२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।

उपत्यकामा सङ्क्रमण बढ्दै

पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । कीटजन्य शाखाका प्रमुख डा।दाहालले सङ्ख्यात्मक हिसाबले काठमाडौं उपत्यकामा पनि डेंगु सङ्क्रमण क्रमिक रुपमा बढ्दै गएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ,“बिरामी सामान्य उपचार गराउन पनि काठमाडौं आउने भएकाले होला पछिल्लो समय उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या बढेको छ ।” पछिल्ला केही हप्तादेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

अस्पतालका सरुवारोग विशेषज्ञ डा।शेरबहादुर पुनले पछिल्लो केही हप्तादेखि अस्पतालमा डेंगु सङक्रमण भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।

दुई तीन दिनमा नै डेंगुका दर्जनौ बिरामी थपिएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ,“डेंगु सङ्क्रमण भएर अस्पतालमा आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । दुई दिनमा नै दर्जनौं बिरामी थपिएका छन् । डेढ हप्तामा १४० भन्दा बढी डेंगु भएर बिरामी आएका छन् ।”

उहाँका अनुसार अस्पतालको इमर्जेन्सीमा बिरामी तारन्तार वान्ता भई, शरीर सहनै नसक्ने गरी दुखेर, बेहोस भएर आउने र परीक्षण गर्दा डेंगु पुष्टि हुने गरेको छ । डा।पुन भन्नुहुन्छ,“डेंगुका बिरामीको भर्नादर धेरै नभए पनि,जोर्नी दुखेर, शरीर धेरै दुखेर बिरामी आउने गर्दछन् । रगत परीक्षण गर्दा डेंगु पुष्टि हुने क्रम बढ्दो छ ।” धेरै सङ्क्रमित अस्पतालसम्म नपुगेको हुनसक्ने उहाँको तर्क छ ।

यही तरिकाले डेंगु बढ्दै गएमा दशैंमा डेंगु भयावह हुन सक्ने उहाँको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन उहाँको सुझाव छ । दशैँको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगुको जोखिम नबढ्ने डा।दाहाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,“लगभग सबै जिल्लामा डेंगु पुष्टि भइसकेको छ । दशैँमा सबै एकै ठाउँमा भेला भएको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउनुपर्छ ।”

 

डेंगु कस्तो रोग हो ?

डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवारोग विशेषज्ञ डा।शेरबहादुर पुनले बताउनुभयो । उहाँ भन्नुहुन्छ,“डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ ।” एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन । सङ्क्रमण भएको चारदेखि १० दिनसम्माम सामान्यतया डेंगुका लक्षण देखिन्छन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरु दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन् । डेंगुले दोस्रो पटक तर फरक सेरोटाइपले पुनः सङ्क्रमित गराए विगतको भन्दा थप घातक लक्षण देखिने डा।पुन बताउनुहुन्छ ।

डेंगुबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्ने हो । डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाह बिना कुनै पनि औषधीको सेवन नगर्ने डा।पुनको सुझाव छ । बिरामीलाई असाध्यै जोर्नीमा अत्यन्त दुःखाइ भएमा, तारन्तार वान्त भएमा, आलस्य धेरै भएमा गम्भीर स्वास्थ्य समस्या निम्तिने हुँदा तुरुन्तै अस्पतालमा जान डा। पुनको सुझाव छ ।

घरमानै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम जीउ दुख्न कम गर्नको लागी प्यारासिटामोल खान डा।पुनको सुझाव छ । बिरामीले झोलिलो खानेकुरा प्रसस्थमा खान उहाँको आग्रह छ । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन,सुत्दा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com