ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकाको राष्ट्रपतिय मतगणना दोश्रो चरणमा, वाम नेता दिसानायकेलाई ४२ प्रतिशत मत


ABC News

 

काठमाडौं ६ भदौ । श्रीलंकाको निर्वाचन आयोगले सम्पूर्ण द्वीपभरको पहिलो चरणको मतगणनाको अन्तिम समग्र नतिजा घोषणा गरेको छ।

नतिजा अनुसार, वाम गठबन्धनका नेता अनुरा कुमारा दिसानायकेले ५,६३४,९१५ मत (४२.३१प्रतिशत) ल्याएर सबैभन्दा बढी मत प्राप्त गर्ने उमेद्वार बनेका छन्। दोस्रो र तेस्रो प्राथमिकताका मतहरूको गणना अघि, सजिथ प्रेमदासाले ४,३६३,०३५ मत (३२.७६प्रतिशत) ल्याएका छन् भने तेस्रो स्थानमा रहेका रनिल विक्रमसिंघेले २,२९९,७६७ मत (१७.२७प्रतिशत) प्राप्त गरेका छन्।

२०२४ राष्ट्रपतीय निर्वाचनका दुई प्रमुख उम्मेदवारहरूको दोस्रो प्राथमिकताका मतहरूको गणना केही बेर अघि सुरु भइसकेको छ।

पहिलो चरणको गणनामा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्रतिशतको मत नल्याएपछि, अन्य मतपत्रहरूमा अनुरा कुमारा दिसानायके र सजिथ प्रेमदासाको प्राथमिकता गन्दै अन्तिम निर्णय निकालिने छ।

यो श्रीलङ्काको निर्वाचन इतिहासमा पहिलो पटक राष्ट्रपतीय पुनः मत गणना हुन लागेको हो।
निर्वाचन पर्यवेक्षकहरुले वाम नेता अनुरा कुमारा दिसानायकेले निर्वाचन जित्ने बताउँदै आएका छन् । आज अबेर रातीसम्म अन्तिम नतिजा सार्वजनिक हुने आशा गरिएको छ ।

अनुरा कुमारा दिसानायके र सजिथ प्रेमदासाको पछि, तेस्रो स्थानमा रहेका रनिल विक्रमसिंघेको स्थान थियो। चौथो स्थानमा भने नामल राजपक्ष रहन पुगे। उनी श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपक्षका छोरा हुन्। ३८ वर्षीय नामलले चौथो स्थानमा २.५ प्रतिशत मत मात्र ल्याए।

पाँचौँ स्थानमा ‘साझा तामिल उम्मेदवार’को रूपमा प्रस्तुत गरिएका पक्कियासेल्वम अरियनन्थिरन थिए, जसले १.७ प्रतिशत मत पाएका थिए ।

अन्य कुनै पनि उम्मेदवारले एक प्रतिशतभन्दा बढी मत हासिल गर्न सकेनन्।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com