ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एआईजी ज्ञवालीले सर्वोच्चमा दायर गरेको रिट फिर्ताका लागि निवेदन


एबीसी न्यूज

काठमाडौं ६ असोज । नेपाल प्रहरीका निवर्तमान अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीले सर्वोच्च अदालतमा रिट फिर्ता गर्न निवेदन दिएका छन्।

पदमा बहाल रहँदा उनीसहित प्रहरीका ५ अधिकारीले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

तर सर्वोच्च अदालतले उनीहरूको मागअनुसार अन्तरिम आदेश नदिएपछि रिट फिर्ताका लागि निवेदन दिइएको हो।

ज्ञवालीले रिट फिर्ताका लागि दिएको निवेदन यसअघिको रिटसँगै राखेर पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

आइतबार न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा यो रिट सुनुवाइ भइरहेको छ।

एआईजी ज्ञवाली भने उमेर हदकै कारण भदौ २६ गते अनिवार्य अवकाश भइसकेका छन्। आफ्नो अवकाश नै भइसकेकाले र अन्तरिम आदेश पनि नआएकाले ज्ञवालीले रिट फिर्ता लिन निवेदन दिएका हुन्।

उनको निवेदनसँगै यसअघि रिट पनि खारेज हुने सम्भावना छ।उनीबाहेकका अधिकारी भने अहिले पनि नेपाल प्रहरीमै कार्यरत छन्।

डीआईजी राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेल, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै रिट दायर गरेका थिए।

तर उनीहरूको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सार‌ंगा सुवेदीको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। तर अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com