ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा सरकार र प्रतिपक्षी दलहरूबीच जुट्यो सहमति


एबीसी न्यूज

काठमाडौं ६ असोज । बागमती प्रदेशमा सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटेको छ। आइतबार ९आज० प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सरकारी निवासमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेको हो।

आइतबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा करिब ३ घण्टा लामो छलफलका क्रममा सरकार र प्रतिपक्षी दलहरूबीचमा सहमति जुटेको हो।

सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज बस्ने प्रदेश सभा बैठक अवरोध गर्ने बताउँदै आएको थियो। सदनको संकट टार्न मुख्यमन्त्री लामाले आज बिहान सर्वदलीय बैठक आव्हान गरेका थिए।

बैठकमा विपक्षी दलहरूको माग पूरा गर्ने सहमति भएको माओवादी बागमती प्रदेशका सचेतक रत्न ढकालले बताए।

उनका अनुसार बजेट बनाउँदा सत्ता पक्ष र विपक्षीहरूबीच भएको लिखित सहमति कार्यान्वयन हुने भएको हो। बजेटको असन्तुलनलाई कसरी सन्तुलित बनाउनेरु सरकारले विपक्षी दलहरुको मागलाई कसरी सम्बोधन गर्नेरु लगायतका विषयमा छलफल र सहमति भएको सचेतक ढकालले बताए।

‘उतिबेलाको सरकार पक्ष हाल प्रमुख प्रतिपक्षी दल भैरहँदा र प्रतिपक्षी दल सरकारमा आउँदै गर्दा जस्तो सहमती भयो त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो माग थियो,’ उनले भने, ‘उक्त माग सम्बोधन गरेर जाने भन्ने लिखित सहमति भयो। सरकारले आफ्नो विधि, विधान र मापदण्ड भन्दा बाहिर गएर चल्न भएन भन्ने हाम्रो कुरा हो। उहाँहरुले यसलाई सकारात्मक रुपले लिनुभएको छ।’

सचेतक ढकालका अनुसार आज बस्ने प्रदेश सभा बैठक सौहार्दपूर्ण वातावारणमा सञ्चालन गर्ने भन्ने समेत सहमति भएको बताइएको छ।

आज बस्ने प्रदेश सभा बैठकमा विभिन्न तीन वटा विधेयकमाथि पूर्ण छलफल गराई पारित गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा अन्तरगत रहेको विभिन्न समितिमा उक्त तीनवटा विधेयकमाथि पूर्ण छलफल गरी संशोधनसहित प्रतिवेदन प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ।

बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो। सो बैठकबाट दुई वटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो। बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकमा प्रदेश सभामा रहेका ७ दलहरुमध्ये नेपाल मजदुर किसान पार्टी बाहेक ६ वटै दलका नेताहरूको उपस्थिती रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com