ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओटावामा नेपाल‐क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता, नेपालमा दूतावास स्थापना गर्न आग्रह


एबीसी न्यूज

काठमाडौं ३ असोज । रराष्ट्रमन्त्री डा. अरजु राणा देउवा र क्यानडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ।

सो वार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारीलगायत विषयमा कुराकानी भएको छ।

क्यानडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा। राणा क्यानडा पुगेकी हुन्।

भेटका क्रममा उनीहरूले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताए। नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ बार्षिकोत्सव मनाउँदै छन्।

भेटमा परराष्ट्रमन्त्री डा। राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको सराहना गरिन्। नेपालको संसद्‌ले हालै संक्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका काम पनि पूर्ण हुने जानकारी मन्त्री डा। राणाले दिइन्।

साथै उनले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्‍याएको सहयोगका लागि क्यानडा सरकारलाई धन्यवाद ज्ञापन गरिन्। नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानडाले पुर्याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रुपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गरिन्।

त्यस अवसरमा मन्त्री डा राणाले नेपालमा क्यानडाको राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह पनि गरिन्। उनले भनिन्, ‘अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ। त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ । त्यसैले क्यानडाले नेपालमा दूताबास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु।’

उनले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह गरिन्।

अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरुलाई क्यानडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ। नेपाल सन् २०२६ मा एलडीसीबाट ग्राजुएट हुने योजनामा रहेकाले त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा राणाले बताइन्।

जलविद्युत्‌का क्षेत्रमा क्यानडाको लामो अनुभव र विज्ञता रहेको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा जलविद्युत्‌का क्षेत्रमा लगानीका धेरै ठूलो सम्भावना रहेकाले लगानी गर्न क्यानडालाई आग्रह गरिन्।

नेपाल र क्यानडाबीच कैयौँ अन्तर्राष्ट्रिय मुद्दा तथा विषयहरुमा समान धारणा रहँदै आएको बताउँदै मन्त्री डा राणाले सो भेटका क्रममा बहुपक्षीयता, संयुक्त राष्ट्रसंघमा शान्ति स्थापनार्थ गरिएका कामहरु, जलवायु परिवर्तन तथा दिगो विकास लक्ष्यको कार्यान्वयनका क्षेत्रमा नेपाल र क्यानडाले समान धारणा र सहकार्यका साथ काम गर्दै आएको बताइन्।

नेपाल अहिले संयुक्त राष्ट्रसंघमा शान्ति सेना पठाउने विश्वको ठूलो देश रहेको स्मरण गर्दै मन्त्री डा राणाले नेपालले विगत छ दशकभन्दा लामो समयदेखि यो कार्यमा योगदान र अनुभव गर्दै आएको र कैयौँ शान्ति स्थापनाका कार्यमा दुई देशले मिलेर काम गर्ने गरेका उदाहरण रहको पनि बताइन्।

उनले नेपालका दुई हजार ५५४ जना महिला शान्ति सैन्यले राष्ट्रसंघको शान्ति मिसनमा काम गरिसकेका र अहिले पनि सो मिसनमा खटिरेहकामा ६०८ जना महिला रहेका जानकारी दिइन्।

आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार तय गरिने सो वार्तामा सहमति भएको छ। साथै आगामी वर्ष मनाइने नेपाल क्यानडा कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठका क्रममा यी समझ्दारीमा हस्ताक्षर हुनेगरी काम गरिने सहमति पनि यो वार्तामा भएको छ।

नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा क्यानडाले पुर्‍याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै क्यानडाले अघि सारेको ‘फेमिनिस्ट फरेन पोलिसी’ विषयमा मिलेर अघि बढ्ने सहमति पनि सो वार्तामा भएको छ।

सो पोलिसीमा एकसाथ अघि बढ्न क्यानडाली विदेशमन्त्री जोलीले आग्रह गरिन्। उनले पछिल्लो समयमा समावेशिताका साथै महिला अधिकारका क्षेत्रमा नेपालले गरेको प्रगतिको पनि सराहना गरिन्।

त्यसैगरी उनले क्यानाडेली पेन्सन फन्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानडा सरकार तयार रहेको बताइन्। उनले परराष्ट्रमन्त्री डा राणाले राखेको नेपालमा क्यानडाली दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिइन्।

हाल क्यानडामा नेपालीहरुको बढ्दो उपस्थिति खुसीको कुरा हो भन्दै मन्त्री जोलीले नेपालीहरु इमान्दार र काममा लगनशील भएको प्रतिक्रिया यहाँ उनीहरुको कामका कारण आफूले पाएको पनि सुनाइन्।

उनले नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा सहयोग निरन्तर रहने जनाउँदै छात्रा विश्वविद्यालय स्थापनाका साथै छात्रा शिक्षाका क्षेत्रमा क्यानडाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

त्यसैगरी नेपालमा डिजीटल मार्केटिङ र इ‐गभर्नेन्सका क्षेत्रमा सहयोगका लागि मन्त्री डा राणाले गरेको प्रस्तावको स्वागत गर्दै आपसी सहयोगका साथ अघि बढ्ने प्रतिक्रिया क्यानडाली विदेशमन्त्री जोलीले दिइन्। त्यस अवसरमा मन्त्री डा राणाले क्यानडाली विदेशमन्त्री जोलीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिइन्।

सो वार्तामा नेपालका तर्फबाट मन्त्री डा राणासहित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com