ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य


एबीसी न्यूज

काठमाडौं ३१ भदौ । संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको घोषणा गरिएको हो।

प्रतिनिधि सभाको चालु चौथो अधिवेशनको आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए।

सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो आइतबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए।

राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्।

यता, राष्ट्रिय सभाको चालु अधिवेशन पनि अन्त्य भएको छ।

आजको बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए।

यस अवधिमा राष्ट्रिय सभाका ४० वटा बैठक बसी जम्मा ७३ घण्टा ५५ मिनेट सभाको काममा व्यतित भएको अध्यक्ष दाहालले बताए। यस अधिवेशन अवधिमा १७ वटा बैठकमा शून्य समय रहेको, उक्त शून्य समयमा ४४ जना सदस्यहरूले २ घण्टा ०२ मिनेट समय उपयोग गरेको बताए।

१६ वटा बैठकमा विशेष समय रहेको र विशेष समयमा ५२ जना सदस्यहरूले २१ घण्टा ५६ मिनेट समय उपयोग गरेको अध्यक्ष दाहालले बताए। यस अधिवेशनका १ वटा बैठकमा प्रादेशिक सरोकार समय रहेको थियो।

यस अधिवेशन अवधिमा राष्ट्रिय सभामा दर्ता भएका मिडिया काउन्सिल विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ र नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ भने सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८० लाई पारित गरी प्रतिनिधि सभामा पठाएको बताए।

चालु अधिवेशनमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको थियो। सोही अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिनिधि सभामा उत्पति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ दुवै सभाबाट पारित भई प्रमाणीकरण समेत भएको बताए।

उनले यसै अधिवेशन अवधिमा नेपाल विश्वविद्यालय विधेयक२०७९ र सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ दुवै सभाबाट पारित भई प्रमाणीकरणको लागि पठाएको र अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७७ खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,२०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९, विनियोजन विधेयक, २०८१, आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महशुल विधेयक, २०८१ दुवै सभाबाट पारित भई प्रमाणीकरण भएको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com