ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिज्ञ एवं साहित्यकार दीनानाथ शर्माको ‘बाह्रखरीको बोटमुनी’ निबन्ध संग्रह विमोचन


एबीसी न्यूज

काठमाडौं, २० फागुन,। साहित्यकार एवं नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता दीनानाथ शर्माद्वारा लिखित ‘बाह्रखरीको बोटमुनी’ निबन्ध संग्रह विमोचन गरिएको छ ।
निबन्ध संग्रहको आज एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गर्नुभयो । साझा प्रकाशनमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले राजनीति र साहित्यका दुबै विधलाई समानान्तर रुपले अघि बढाएकोमा शर्मालाई बधाई दिनुभयो । साहित्य विनाको राजनीति र राजनीति विनाको साहित्य नहुने भन्दै उहाँले दीनानाथ शर्माले आफ्ना साहित्यमा राजनीति र साहित्यको संयोजन गरेको बताउनुभयो ।

प्रचण्डले आफुमा कविता, कथा र उपन्यास पढ्दा बोलेर पढ्न भावुकता रहेको बताउनुभयो । राजनीतिक कर्मको बाध्यात्मक अवस्थाका कारण रुची हुँदाहुँदै साहित्य विधामा अघि बढ्न नसकेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘साहित्यतिर प्रयास गर्दै थिएँ, सक्रिय राजनीतिले थिच्यो, अघि बढ्न पाइन ।’ उहाँले थप्नुभयो, – आफु साहित्यिक फाँटमा अघि बढ्न नसके पनि सहयोद्धा कमरेड शर्मा अरु राजनीतिज्ञहरुका लागि समेत उदाहरण बन्न सक्नुहुन्छ ।

विमोचन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली भाषाको विकासक्रममा साहित्यकार दीनानाथ शर्माबाट नौलो गद्य शैली स्थापित भएको बताउनुभयो । जोशीले शर्माका साहित्यमा नेपालको लोक जीवनपद्दती र गाउँले जीवनदर्शन झल्किने बताउनुभयो ।
यस्तै, निबन्धमाथि प्रकाश पार्दै समालोचक प्राध्यापक डाक्टर उषा ठाकुरले शर्माको व्यक्तित्वमा राजनीति र साहित्यको सुन्दर सम्बन्ध स्थापित भएको बताउनुभयो । ठाकुरले भन्नुभयो, ‘राजनीतिक व्यक्तित्व जति सवल छ, साहित्यिक व्यक्तित्व पनि उक्तिकै सशक्त रहेका शर्माका कृतिमा जीवन र जगतसम्बन्धी समय सान्दर्भिक चिन्तन अभिव्यक्ति पाइन्छ ।’

 


प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीले शर्माका निबन्धमा देश र समाजको जीवन्त प्रतिनिधित्व बोकेका रचना समावेश भएको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यस वर्ष साहित्कि मूल्य मान्यता बोकेका सन्दर कृति नेपाली बाङ्मयले प्राप्त गरेको भन्दै भविष्यमा पनि थप समृद्ध रचनाहरु ल्याउन शुभकामना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com