ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु


एबीसी न्यूज

काठमाडौ २४ भदौ ।   रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ।   मुसिकोट नगरपालिका–६ र ७ नम्बर वडाको बीचमा पर्ने रम्बाखोलाले गएराति मोटरसाइकल बगाउँदा एक महिला र एक पुरुषाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ बस्ने ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ बस्ने अन्दाजी ३३ वर्षीय निर्मला थापा छन्।

गएराति परेको अविरल वर्षासँगै रम्बाखोलामा बाढी आएको थियो। उक्त बाढीले रा ६ प २९६१ नम्बरको मोटरसाइकलमा बगाउँदा पुन र थापाको मृत्यु भएको हो। उनीहरु साँखबाट कानेबाङतर्फ जाँदै थिए।

आइतबार बेलुका करिब ८ बजेको समयमा मुसिकोट नगरपालिकाकै साँख गाउँबाट कानियाँ गाउँतर्फ जाँदै गर्दा खोला तर्ने क्रममा मोटरसाइकलसहित उनीहरुलाई बाढीले बगाएको हो।

घटनास्थलबाट करिब तीन सय मिटर तल महिला र करिब २० मिटर तल पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

पुरुषको शव मोटरसाइकलले च्यापिएको अवस्थामा र महिलाको शवको केही भाग पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए।

मृतक दुवैको शव पोष्टमाटको लागि जिल्ला अस्पताल रुकुमपश्चिममा लगिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com