काठमाडौं २० भदौ । नेकपा माओवादी केन्द्र० का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताएका छन्।
बिहीबार काठमाडौँमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताएका हुन्।
नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको उनको भनाइ थियो। पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताउँदै उनले समाजवादको आंशिक पक्षहरूको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने बताए।








प्रतिक्रिया दिनुहोस्