ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीडा लुकाउन छाडे महिला


admin

(सुशीला रेग्मी)

रामपुर (पाल्पा), १० साउन । रोगले भित्रभित्रै गाँज्दै बाँचेका महिला हिजोआज आफ्ना समस्याबारे सम्बद्ध व्यक्तिसमक्ष राख्नसक्ने भएका छन् । वर्षाँैदेखि रोगसंग लडिरहेका पाल्पाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने क्रम बढदो छ ।

आफूभित्रका समस्या सधैँ आँशु र पीडामा सीमित राख्ने यहाँका महिला समयको परिवर्तनसंगै स्वास्थ्य संस्थामा आफ्ना समस्या राख्नुका साथै उपचार र सल्लाह लिन पुग्ने गरेका हुन् ।

श्रीमान्, घरपरिवारसंग पनि आफ्ना समस्या राख्न लजाउने उनीहरु अहिले छिमेकी दिदीबहिनीलाई पनि स्वास्थ्य जाँच तथा उपचारका लागि सरसल्लाह दिन पनि उत्तिकै सक्रिय छन् ।

विशेष गरेर पाठेघर खस्ने (आङ् खस्ने), यौनरोग, एचआइभी संक्रमित जस्ता रोगका लागि महिला स्वास्थ्य संस्थामा नै जान हिचकिचाउने गरेकामा पछिल्लो समय यस्ता रोगी बिस्तारै आउने क्रम बढेको स्वास्थ्यकर्मीको भनाइ छ । रोगबारे घरपरिवार र समाजमा थाहा भयो भने अरुले नराम्रो ठान्ने प्रवृत्तिले गर्दा पनि उनीहरुका समस्या बाहिर आउन नसकेको हो ।
छहराकी एक ३५ वर्षीया महिलाले लामो समयसम्म आफ्नो श्रीमान्लाई समेत लुकाएर राखेको पीडा यतिखेर अन्त्य भएको छ । दश वर्षदेखि पाठेघर खसेर समस्या झेल्नुभएकी उर्हाँ गाउँमै सञ्चालन भएको घुम्ती स्वास्थ्य शिविरमा जचाउँदा पहिचान रोग भएको औषधोपचार गरेपछि निको भएको बताउनुभयो ।

“घरमा श्रीमान्लाई रोगबारे बताउन सकेकी थिइन्,गाउँमा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भयो” उहाँले भन्नुभयो , “मनमा डर र लाज मान्दै जचाउन जाँदा आँङ खस्ने समस्या पहिचान भयो र उपचार गरेपछि अहिले निको हँुदै गएको छ । ”

उहाँसंगै शिविरमा आउनुभएकी राई थरकी महिला पनि पाठेघर (आङ) खस्ने समस्याले सताएको थियो । जचाएर नियमित औषधि खाएपछि वर्षौसम्म लुकाएको रोग अन्त्य भएको उहाँले बताउनुभयो ।

जचाएका मध्ये दुई जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ भेटिएको र ९२ जनाले विविध पाठेघर सम्बन्धी रोगको औषधोपचार गरिरहेका छन् । पिपलडाँडाकी अर्की एक ४० वर्षीया महिलाले यौनजन्य समस्या धेरै समयसम्म मनभित्रै लुकाएर राख्नुभयो । “जस्तै पीडा भए पनि खप्नुप¥यो, श्रीमान्को इच्छा पूरा गर्नुप¥यो, यस्तो समस्या श्रीमान्लाई सुनायो भने त्यही कारणले अर्को विवाह गर्छन् कि भन्ने डरका कारण नसुनाएको” उहाँको गुनासो थियो ।

घरपरिवार, आफन्त कसैले पनि थाहा नपाउने गरी गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा गएर चिकित्सकलाई आफूले भोगेको समस्या बताएपछि लामो समयदेखि लुकाएको रोग पत्ता लागेपछि नियमित औषधि खाँदै जाँदा आफूलाई निको हुँदै आएको छ तर डर र लाजका कारण रोग पाल्नु व्यर्थ भएको उहाँको भनाइ छ ।

यस्तै चापपानीकी अर्की ४२ वर्षीया महिलाको पाठेघर तीन पटक खसिसकेको छ । उहाँले आफूलाई भित्रभित्र पीडा हँुदा पनि लाज र डरका कारण समयमा स्वास्थ्य संस्थामा रोगको परीक्षण नगर्दा पश्चाताप लागेको बताउनुभयो । “आफ्नो समस्या श्रीमान्लाई सुनायो भने अर्की ल्याउँछन् कि भन्ने डरले बताउन सकिन”—“श्रीमान् र घरपरिवारमा मेरो समस्याबारे पत्तो छैन, स्वास्थ्यकर्मीको सल्लाहअनुसार अहिले नियमित औषधि खाँदैे छु” उहाँले भन्नुभयो ।
तीन पटक पाठेघर खसिसकेको हँुदा उहाँले स्वास्थ्यकर्मीको सल्लाहअनुसार पाठेघरको मुखमा रिङ् राख्नुभएको छ । “लगातार तीन पटकसम्म पाठेघर खस्दा अलि खतरा हुने हँुदा सुरक्षाको लागि पाठेघरको मुखमा रिङ् राखेको छु,बेला बेलामा रिङ् बदलिरहने र नियमित औषधि खाँने गरिरहेको छु” उहाँले भन्नुभयो ।

पाल्पा जिल्लामा पछिल्लो पाँच वर्षयता वर्षेनी आङ् खस्ने, यौनरोग,एच आइभी संक्रमित रोगी महिला खुल्ने क्रम बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालयले समय समयमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेकाले पनि यी महिलालाई आफ्ना रोग जचाउन सहज भएको हो ।

आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न स्थानमा सञ्चालन भएको पाठेघर सम्बन्धी घुम्ती स्वास्थ्य शिविरमा ७२१ जनाको उपचार गरिएकामा ९ जनामा पोजेटिभ क्यान्सर देखा परेको पाइएको छ । ११ जनाको पाठेघरको मुखमा रिङ राखिएको छ भने सात सयएक जनाको पाठेघर सम्बन्धी अन्य उपचार गरिएको कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकांश महिलामा पाठेघर सम्बन्धी विभिन्न समस्याले सताउने गरेको पाइएको छ । कम उमेरमा बिहे गर्ने, उमेर नपुग्दै बच्चा जन्माउने, छिटोछिटो बच्चा जन्माउने, उमेर ढल्केपछि बच्चा जन्माउने, लामो समयसम्म पनि सुत्केरी बेथा लाग्दा पनि घरमै राख्ने, सुत्केरी अवस्थामा आराम नगर्ने रोग लाग्दा समयमा उपचार नगर्ने महिलामा पाठेघर सम्बन्धी समस्याले सताउने गरेको सूचना अधिकारी ज्ञवालीले उल्लेख गर्नुभयो ।

 

रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com