ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट ल्याउने व्यवस्थामा संशोधन : फागुन ७ सम्म मन्त्रालयको सीमा तोक्नुपर्ने


एबीसी न्यूज

काठमाडौं २ भदौ । राष्ट्रिय योजना आयोगले माघ मसान्तसम्ममा बजेटको पूर्वअनुमान गर्नुपर्ने भएको छ।  अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न प्रतिनिधिसभामा दर्ता गराएको विधेयकले पूर्वअनुमानको समयसीमा बढाउने प्रस्ताव गरेको हो।

हालको व्यवस्थाअनुसार माघ मसान्तसम्म मन्त्रालय, आयोग तथा निकायमा माघ मसान्तसम्म बजेटको सीमा दिनुपर्ने व्यवस्था फागुन ७ गतेभित्र पुर्‍याइएको छ।

‘योजना आयोगको स्रोत अनुमान समितिबाट निर्धारित स्रोत तथा खर्चको सीमाको अधीनमा रही ३ वर्षको बजेट तर्जुमाको लागि बजेट सीमा, मध्यमकालीन खर्च संरचनाको खाका, गौरवका आयोजनाको बहुवर्षीय स्रोत सुनिश्चितता उल्लेख गरी फागुन ७ गतेभित्र पठाउनुपर्नेछ’, ऐन संशोधनका लागि गरिएको प्रस्तावित विधेयकमा व्यवस्था गरिएको छ।

यस्तै संसदमा बजेट पेस हुनु १५ दिनअघि अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त पेस गर्ने व्यवस्थालाई संशोधन गर्दै ३ महिनाअगावै हुनुपर्ने व्यवस्था गराउन खोजिएको छ। अर्थात् अब फागुन १५ गतेसम्म सिद्धान्त र प्राथमिकता पेस गरिसक्नुपर्नेछ।

‘संसदले सैद्धान्तिक छलफल गरी समावेश गर्नुपर्ने वा हटाउनुपर्ने विषय चैत महिनाको १५ गतेभित्र सुझाव तथा निर्देशन अर्थ मन्त्रालयमा पठाउन सक्नेछ’, प्रस्तावित संशोधनमा उल्लेख छ।

स्वीकृत बजेट तथा कार्यक्रमअन्तगर्तको कुनै कार्यक्रम कार्यान्वयन गर्न नसकिने अवस्था भएको वा त्यस्तो कार्यक्रममा विनियोजित रकम स्वीकृत कार्यक्रमभित्रको अन्य कुनै क्रियाकलापमा खर्च गर्नुपर्ने भएमा अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रालयले कार्यक्रम संशोधन गर्न सक्नेछ।

बजेट कार्यक्रम संशोधनसम्बन्धी स्पष्ट व्यवस्था नभएकाले अब रकमान्तर, स्रोतान्तर तथा कार्यक्रम संशोधन गर्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com