ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी विद्रोह, नाकावन्दी र राजाको भूमिकाबारे कमल थापाको पुस्तकमा के छ ? (भिडियो अन्तर्वार्ता)


ABC News

काठमाडौं १ भदौ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उनका समकक्षी भारतीय विदेशमन्त्री सुस्मा स्वराजलाई दिल्लीमा पुगेर आफूहरुले चीनसँग पारवाहन सन्धि गर्न लागेको अग्रिम जानकारी गराएको खुलासा गरेका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक–विशेषमा प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै थापाले विगतमा विभिन्न प्रधानमन्त्रीहरुसँग काम गर्दाखेरीको अनुभव बताएका छन् ।
थापाले भने – मैले मेरो नयाँ किताव नाकाबन्दी र भूराजनीतिमा परराष्ट्र मामिलासँग भएका विभिन्न रहस्यमय कुराहरु खोतल्ने प्रयास गरेको छु । उनले भने –०४७ सालमा लखेटिंदा वा ०६४ सालमा लखेविटंदा भन्दा पनि २०७८ सालमा भएको पार्टीको महाधिवेशन नै मेरा लागि निकै पीडादायी भयो । थापाले ०७८ सालमा भएको पार्टीको महाधिवेशनमा आफ्ना विरुद्ध दरबारले नै षडयन्त्र गरेको यस अघि पनि पटक पटक बताउँदै आएका छन् । राजनीतिमा तपाई औचित्यहीन हुनु भएन ? भन्ने प्रश्नमा उनले भने – तत्काललाई त्यस्तो देखिए पनि मेलै बोकेको परम्परावादी सम्वर्धनवादी राजनीतिको औचित्य जहिलेसुकै रहन्छ ।
कमल थापाले आफ्ना विगतका अनुभव र आगामी दिनमा के गर्ने भन्ने बारेमा सोचिरहेको बताउँदै कांग्रेस र एमालेले संविधान संशोधनको नाममा समानुपातिक र समावेशी प्रणालीलाई चलाउन खोजे भने देश लथालिंग हुनसक्ने चिन्त व्यक्त गरेका छन् । थापाको नयाँ पुस्तक नाकावन्दी र भूराजनीति भदौ १० गते सार्वजनिक हुनेछ ।
थापासँगको अन्तर्वार्ता शुक्रबार राती ९वजे प्रसारण भएको थियो । यो अन्तर्वार्ता एबीसी टिभी नेपाल युट्युवमा गएर हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com