ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यही पद्धतिले स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिँदैन-स्वास्थ्यमन्त्री पौडेल


एबीसी न्यूज

काठमाडौं २८ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न नसकिने विचार राखेका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नहुँदा कार्यान्वयन हुन कठिन रहेको उनले बताएका हुन् ।

‘प्रिमियम जम्मा भएन । सरकारले अन्य स्रोतहरु सुनिश्चित गर्न सकेन । अस्पतालहरुमा अर्बौं तिर्न बाँकी छ,’ पौडेलले भने, ‘९ अर्ब सरकारले तिर्न बाँकी छ। यही ढंगले चलेर स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिँदैन।’

स्वास्थ्य बीमालाई व्यवस्थित गर्न र स्रोत सुनिश्चित गर्नका लागि विकल्पहरु पौडेलले बैठकमा पेश गरेका थिए । स्रोत सुनिश्चित गराउनका लागि पार्टीको पनि सहयोग पौडेलले अपेक्षा गरे । नीतिगत रुपमा गर्नुपर्ने कार्यका लागि आवश्यक पहल गरिदिन पार्टीमा उनले अनुरोध गरे ।

 

केन्द्रीय सदस्य पौडेलले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकमा पेश गरेका एजेण्डा अनुसार सय दिने सांगठिन अभियानको प्रशंसा गरे ।

‘अन्तरविरोधलाई हटाउन पार्टीले सय दिने अभियान चलाउने प्रस्ताव महामन्त्रीबाट आएको छ । यो प्रशंसनीय छ । व्यवस्थित गरेर अभियान चलाऔं,’ पौडेलले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com