ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभरि घुम्दा आम मानिसले प्रदेश खारेज गरे हुन्छ भन्छन् : प्रा. कृष्ण खनाल(भिडियो वार्ता)


एबीसी न्यूज
श्रावण २७, २०८१ आईतबार  ५ : ५७ बजे

काठमाडौं २७ साउन । प्रध्यापक तथा राजनीतिशास्त्री कृष्ण खनाल देशभर घुम्दा आम जनताले राजनीतिक दलका नेताहरुको भ्रष्टाचार र बेइमानीका कारण प्रदेश खारेज गरे हुन्छ भन्ने धारणा व्यक्त गरेको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक कार्यक्रमका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दैै संघीयता कार्यान्वयनका क्रममा मुख्य दलहरुले नै बेइमानी गर्दै आएको बताएका छन् ।

‘संविधानका बारेमा जनताको उठेका असन्तुष्टी त संघीयतामा पनि जनतालाई अधिकार सम्पन्न गराइएन भन्ने र पुरानो बर्चस्व गुम्यो भन्ने कोणबाट उठेको छ । । यस्तो बेला कांग्रेस र एमाले कतापट्टि उभिने हो । पहिले उनीहरुले निर्णय गर्नु पर्दछ । ‘ प्राध्यापक खनालले भने ।
‘सत्ता समीकरणका सन्दर्भमा पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले धेरै चकचक गरेपछि कांग्रेस र एमाले मिल्ने अवस्था आएको बताउँदै खनाले भने ‘नेपालजस्तो देशमा गठबन्धन संस्कृतिको विकास गर्नु पर्ने आवश्यकता छ । नेपालजस्ता उदार संसदीय लोकतन्त्र भएका देशको गठबन्धन राजनीति अनिवार्य नै हो’ खनालले भने ।
‘चुनावपूर्व नै गठबन्धन बनाउने, कार्यक्रम अघि सार्ने त्यसका आधारमा जुन गठबन्धनको बहुमत आउँछ उसले सरकार बनाउने, अर्को प्रतिपक्षमा बस्ने हो । तर अहिले देखिएजस्तो जे पनि गर्ने तरिका जनमतको अपमान’ हुने खनालको निश्कर्ष छ ।
प्राध्यापक खनालले नेपालका मुख्य पार्टीहरुको बदलिंदै गएको चरित्र, पतन र जनआक्रोश तथा भूराजनीतिक जोखिमका बारेमा गरेको मिहिन विश्लेषण यो अन्तवार्तामा सुन्न र हेर्न सकिन्छ । यो अन्तर्वार्ता साउन २० गते आइतबार प्रसारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

चुनावअघि मन्दिर धाउँदै रास्वपा नेताहरू (भिडिओ/तस्विरसहित फिचर)

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com