ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा केन्द्रीय समिति बैठक जारी, समाजवादी अवधारणामाथि छलफल


एबीसी न्यूज

काठमाडौं २७ साउन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ।

ललितपुरको सानागाउँमा आइतबार बैठक सुरु भएको हो। ४ दिनसम्म चल्ने बैठकले छलफलका लागि १० बुँदै एजेण्डा प्रश्तुत गरेको छ।

वर्तमान भू—राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय÷जातीय मुुक्तिको सवाल,नेपालको सन्दर्भमा समाजवाद सम्बन्धि अवधारणा, जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका एजेण्डा छन्।

त्यस्तै स्थानीय तह, प्रदेश सभा र सांसदमा पार्टीको भुमिका, पार्टी विस्तार र सुदृढिकरण कार्ययोजनाको सम्बन्धमा जन परिचालन, सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरु निर्माण सम्बन्धमा र नेताहरुको कार्य विभाजन तोक्ने सहितका १० वटा एजेण्डा बैठकमा छलफलका लागि तय गरिएको पनि अध्यक्ष यादवले बताए।

‘यो बैठकले राजनीतिक निर्णयहरु, संगठन निर्माणको अभियानमा हामी लाग्नेछ। त्यो अभियानलाई केन्द्रित गरेर हाम्रा नेताहरुको कार्य विभाजन हुनेछन्। महाधिवेशनका अवधारणा र जनताका बीचमा के लिएर जाने भन्ने लगायतका विषयमा पनि हुनेछ। हामी यी विषयहरुमा आवश्यक्ता अनुसार प्रशिक्षणको कार्यक्रम पनि हुनेछ। यो बैठक चार दिन २७ गतेदेखि ३० गतेसम्म बस्नेछ,’ उनले भने।

बैठकमा स्थानीय तह, प्रदेश सभा र संघीय संसदलाई पार्टीको तर्फबाट प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने जसपा, नेपालले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com