ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उड्डयन प्राधिकरणविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की


एबीसी न्यूज

काठमाडौं २७ साउन । समाचारको विषयलाई लिएर नेपाल ग्राउण्ड जिरो डटकम अनलाइनमा कार्यरत पत्रकार सुभक महतोलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।

नेपाल पत्रकार महासंघले पत्रकार महतोलाई ह्वाट्सप नम्बरबाट फोन गरी स्तरहीन गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार महतोले नेपाल पत्रकार महासंघमा दिएको निवेदनअनुसार २०८१ साउन २६ गते शनिबार बिहान १०ः४९ बजे र आइतबार बिहान ११ः०१ बजे १ ९६७८० ५२३–६५६९ नम्बरको ह्वाट्सपबाट फोन गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल नागरिक उड्डयन प्राधिकरणका बारेमा समाचार नलेख्न दबाब दिँदै स्तरहीन गालीगलौज गर्दै आफू र आफ्नो परिवारसमेतलाई ज्यानमार्ने धम्की दिएको जनाइएको छ।

उक्त अनलाइनमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचार र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको अनियमिततासम्बन्धी प्रमाणसहित निरन्तर समाचार प्रकाशन गरेपछि यस किसिमको धम्की आएको पत्रकार महतोको निवदेनमा उल्लेख छ।

‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनोसो भए त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्नसकिने प्रावधान हुँदाहुँदै पत्रकार र पत्रकारका परिवारसमेतलाई भौतिक कारबाहीको धम्की दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेको छ।

महासंघले ‘प्रेस स्वतन्त्रताविरोधी यस किसिमका त्रसित र आतंकित धम्की दिनेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण’ गराएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com