ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति उम्मेदवारका रुपमा ह्यारिसलाई पार्टीबाट औपचारिक अनुमोदन प्राप्त


एबीसी न्यूज

काठमाडौं २२ साउन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सोमबार डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रुपमा औपचारिक अनुमोदन प्राप्त गर्नुभएको छ ।

ह्यारिस पार्टीको तर्फबाट नेतृत्व गर्ने पहिलो महिला र पूर्वराष्ट्रपति ओबामा पछिको दास्रो अश्वयत उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रपति जो बाइडेनले अचानक आफ्नो उम्मेदवारी फिर्ता गरी ह्यारिसलाई समर्थन जनाउनुभएको थियो । ह्यारिसले पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारको रुपमा औपचारिक अनुमोदन प्राप्त गर्न आवश्यक प्रक्रिया अगाडी बढाउनुभएको थियो ।

डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न एक हजार ९७६ प्रतिनिधिको समर्थन चाहिन्छ । जसमध्ये दुई हजार ५७९ ले उहाँलाई समर्थन गरेको एपीले जनाएको छ ।

‘डेमोक्र्याटिक नेसनल कन्भेन्सन’का प्रतिनिधिहरुको पाँच दिने अनलाइन मतदान सोमबार समाप्त भएपछि ह्यारिसले आधिकारिक मनोनयन प्राप्त गर्नुभएको हो । डेमोक्र्याटिक पार्टीले जारी गरेको विज्ञप्तिका अनुसार ९९ प्रतिशत प्रतिनिधिले ह्यारिसको पक्षमा मतदान गरेका थिए ।

बाइडेनले राष्ट्रपतीय उम्मेदवारी फिर्ता लिएपछि ‘एपी–एनओरसी सेन्टर फर पब्लिक अफेयर्स’ ले गरेको रिसर्च पोलमा ४६ प्रतिशत अमेरिकीको ह्यारिसप्रति अनुकूल दृष्टिकोण रहेको पाइएको छ भने समान सङ्ख्याको उहाँको उम्मेदवारीप्रति प्रतिकुल धारणा रहेको छ ।

यद्यपी धेरै डेमोक्र्याटहरुले बाईडेनको तुलनामा ह्यारिसको उम्मेदवारीबाट सन्तुष्ट रहेको धारण व्यक्त गरेका छन् । ह्यारिसले लोकतन्त्र, हिंसा रोकथाम र गर्भपतनको अधिकार जस्ता विषयवस्तु आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । राससरएपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com