काठमाडौं २१ साउन । नेपाली कांग्रेसले सरकारमा सामेल हुने मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ।
आइतबार मुख्यमन्त्री नियुक्त कमल बहादुर शाहले सोमबार पद तथा गोपनियताको शपथ लिएर मन्त्रालय विस्तार गर्ने तयारी गरेका छन्।
मन्त्रीको नाम टुंगो लगाउन नेपाली कांग्रेस संसदीय दलको बैठक धनगढीमा जारी छ।
स्रोतका अनुसार कञ्चनपुरका बहादुर सिंह थापालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र मेघराज खड्कालाई सामाजिक विकास मन्त्रालयमा सिफारिस गर्ने अन्तिम तयारी छ।
यस्तै, राज्यमन्त्रीमा प्रकाश बम र सरस्वती खड्काको सम्भावना बढी रहेको स्रोत बताउँछ।
नागरिक उन्मुक्तिलाई समेत समेटेर मन्त्रीमण्डल विस्तारको तयारीमा मुख्यमन्त्री शाह छन्।








प्रतिक्रिया दिनुहोस्