ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ मा आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै


admin

धनुषा, १६ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको छ । 


संघीय समाजवादी फोरम र राजपाले पाँच–पाँच जना मन्त्रीको नाम टुंगो लगाएपछि आज मन्त्रिमण्डल विस्तार हुन लागेको हो । दुवै पार्टीले दुई–दुई जना मन्त्री र तीन–तीन जना राज्यमन्त्रीको नाम टुंगो लगाएका छन् । फोरमबाट ज्ञानेन्द्र यादव, शैलेन्द्र साह, योगेन्द्र यादव, सरोज सिंह र उषा यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुने मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिष मिश्रले बताउनुभयो । शपथ ग्रहण कार्यक्रम आजका लागि तय गरिएको छ ।

यता राजपाले आज शपथ लिने मन्त्रीको नाम सार्वजनिक गरेको छैन । राजपाको समर्थनमा फोरमले मुख्यमन्त्रीसहित चार मन्त्रालय र राजपाले सभामुखसहित तीन मन्त्रालयको बाँडफाँड गरेका छन् ।

फोरमबाट मुख्यमन्त्री राउत र अर्थ मामिलामन्त्री विजय यादव तथा राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा जितेन्द्र सोनलले मन्त्रालय सम्हालिसक्नुभएको छ । राजपा अध्यक्षमण्डलका सदस्यबीच निर्वाचितलाई मात्र मन्त्री बनाउने वा समानुपातिक सांसदलाई पनि बनाउने भन्नेमा विवाद रहेको बताइन्छ । राजपाबाट नवलकिशोर साह, मनीष सुमन, जयनुल राइन र डिम्पल झा मन्त्रीको आकांक्षी छन् ।

त्यस्तै, परमेश्वर साह, सुरिता साहलगायत सांसद राज्यमन्त्रीका आकांक्षी छन् । राजपा प्रदेशसभा सदस्य परमेश्वर साहले कसलाई सरकारमा पठाउने भन्ने विषयमा पार्टीले आज टुंगो लगाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com