ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलविद्युत् विकासका बाधा हटाउने प्रतिबद्धता


एबीसी न्यूज
श्रावण १६, २०८१ बुधबार  १२ : ४९ बजे

काठमाडौं १६ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन क्षेत्रमा देखिएका समस्या हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणले हरेक साउन १५ मा गर्ने देशव्यापी वृक्षरोपण कार्यक्रमको भक्तपुरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १० हजार मेगावाट निर्यात गर्न लिएको लक्ष्य समयअगावै पूरा गर्ने गरी लाग्न आवश्यक रहेको बताउँदै उहाँले त्यो परिमाण निर्यातका लागि १० वर्ष कुर्नु नपर्ने गरी काम गर्न सम्बद्ध अधिकारीलाई आग्रह गर्नुभयो । “जलविद्युत् निर्माणमा हाल बेहोरिरहेका बाधा अवरोध हटाउन कानुन संशोधनलगायतका काम गर्न हामी क्रियाशील हुन्छौँ,” उहाँले भन्नुभयो, “१० वर्षभन्दा पहिले नै १० हजार मेगावाट निर्यात गर्ने गरी काम गर्नु पर्छ ।”

मन्त्री खड्काले जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणले वन क्षेत्रमा प्रभाव पर्ने भएकाले यसको क्षतिका न्यूनीकरणका लागि वृक्षरोपण महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् र प्रसारण लाइन आयोजना निर्माण गर्दा स्वीकृति लिएर वन क्षेत्रका रुख कटाउने गरिएको र त्यसको क्षतिपूर्तिबापत रुख काट्ने मात्र हैन रोप्छौँ भन्ने सन्देश दिन प्राधिकरण आफैँले पनि वृक्षरोपण सुरु गरेको बताउनुभयो ।

घिसिङले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित स्वच्छ ऊर्जा देशभित्र खपत गरी अतिरिक्त भएको छिमेकी देशमा निर्यात गर्न सफलता मिलिरहेको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९ औँ वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयमार्फत मङ्गलबार वृक्षरोपण गरेको हो ।

प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौँ उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

सम्बन्धित

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

खाना पकाउने ग्यास फेरि महँगियो,ग्यास कुनै विलासी वस्तु होइन : यो आधारभूत आवश्यकता हो।

सम्पत्ति छानबिन आयोग: ‘ठुला माछा’ लाई उन्मुक्ति र ‘छनोटपूर्ण’ न्यायको आशंका !

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com