ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय दल बन्ने थ्रेसहोल्ड दश प्रतिशत बनाउँछौं – शंकर पोखरेल


एबीसी न्यूज

काठमाडौं १५ साउन ।   नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय दल बन्न तीन प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था सुधार्न आवश्यक रहेको बताएका छन्।

प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले त्यही व्यवस्थाले गर्दा राजनीतिक अस्थिरता बढेको हुँदा थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताएका हुन्।

पार्टीहरू उम्मेदवार हुँदा डेढ प्रतिशत भोट ल्याएपछि प्रादेशिक पार्टी हुने र तीन प्रतिशत मत ल्याएमा राष्ट्रिय पार्टी हुने व्यवस्था सही नभएको उनले बताए।

‘व्यक्तिले दश प्रतिशत मत ल्याएन भने जमानत जफत हुन्छ,’ उनले भने, ‘निर्वाचन कानुनको यो व्यवस्था मिलेको छ त रु छैन नि।’

त्यही चिज सुधार गर्नका लागि साना पार्टी रिसाउँछन् भन्ने कुराको तुक नरहेको बताए। लोकतन्त्रलाई सही बाटोमा लैजानका लागि साना दल हैन बरू जनता रिसाउँछन् भन्न सक्नुपर्ने तर्क उनको थियो।

‘उम्मेदवारले दश प्रतिशत भोट नल्याए जमानत जफत हुँदा हरेक उम्मेदवार रिसाउँछन् नि,’ पोखरेलले प्रश्न गरे, ‘तर, पार्टीका हकका डेढ प्रतिशत र तीन प्रतिशत मापदण्ड राखेपछि अनि लोकतन्त्र अस्थिर हुँदैन भनेर बहस गर्न नचाहाने, त्यस्तो पनि हुन्छ ररु’

लोकतन्त्रको स्थायित्वका लागि दलहरू जिम्मेवार र बलिया हुनुपर्ने उनको कथन थियो। त्यसैका लागि प्रमुख दुई दलहरू मिलेको उनले बताए।

साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीतिक दल एक ठाउँमा आउनु परेको महासचिव पोखरेलको भनाइ थियो।

फरक प्रसंगमा महासचिव पोखरेलले वामपन्थीहरूका बीचमा एकताको कथा असफल भइसकेको भन्दै अब फेरि पुरानै बाटोबाट अघि बढ्न नसकिने बताए।

‘कम्युनिस्ट पार्टी एकताको प्रहसन अब दोहोरिँदैन,’ उनले भने, ‘बरू कम्युनिस्ट विचारको एकता आवश्यक हो।’

नेताको टाउको जोडेर गरिने एकता दिगो नहुने कथा व्यहोरिसकेको भन्दै अब कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रीकरण जरूरी रहेको उनले तर्क गरे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com