ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी प्रदेशमा ६ वर्षमा ५५० किलोमिटर सडक कालोपत्रे


एबीसी न्यूज

काठमाडौं ११ साउन । मुलुक संघीय संरचनामा गएपछि गठन भएको कोसी प्रदेशमा साढे पाँच सय किलोमिटर सडक कालोपत्रे भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रदेशभर पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिइएको हो।

कोसी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ यता हालसम्म प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्नेगरी सडक निर्माण गरिसकेको जनाएको छ।

 

मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ मा एक सय २६ किलोमिटर सडक कालोपत्रे गरेको छ। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा २०६ किलोमिटर सडक ‘पिच’ गरेको मन्त्रालयले आ।व। २०७८र७९ मा ९८, २०७७र७८ मा ४०, २०७६र७७ मा ५२ र २०७५र७६ मा २६ किलोमिटर सडक कालोपत्रे गरिएको मन्त्रालयका सचिव अशोककुमार साहले बताए।

६ वर्षको अवधिमा मन्त्रालयले एक हजार ४१३ किलोमिटर ग्राभेल सडक निर्माण गरेको छ भने ३८४ किलोमिटर ट्र्याक खोलेको छ। बहुवर्षीय सडकअन्तर्गत २८ वडा सडकको काम सकिएकोमा यो आर्थिक वर्षमा १२ वटा सडक निर्माण भएको छ।

प्रदेशभर पछिल्लो ६ वर्षको समयमा ८८ वटा मोटरेवल पुल र दुई सय वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले सडक–सञ्जालसहित बहुवर्षीय आयोजनाहरू बजेटअनुरूप थपेर समयमै सम्पन्न गर्नेगरी काम गर्नुपर्ने बताए।

आर्थिक वर्ष २०८०र८१ मा मन्त्रालयले १२२ वटा सामुदायिक र २७ वटा सरकारी भवन निर्माणको काम सम्पन्न गरेको छ भने १६ वटा एकीकृत बस्ती विकास र जनता आवास कार्यक्रमअन्तर्गत एक हजार २४ वटा घर बनाएको छ। ६ वटा पार्क, एउटा बसपार्क, दुईवटा भ्युटावर निर्माणको काम सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com