ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्र कोशी सरकार छाड्दै समर्थन पनि फिर्ता लिने


एबीसी न्यूज

काठमाडौं ११ साउन । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

केन्द्रीय सत्तासमीकरण फेरिए पनि माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार छाडेको थिएन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हटाउने संकेत पाएपछि माओवादी केन्द्रका मन्त्रीहरुले आज राजीनामा बुझाउँदैछन् ।

‘हामी आज सरकार छाड्छौं,’ भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेतीले अनलाइनखबरसँग भने, ‘मुख्यमन्त्रीलाई राजीनामा बुझाउँछौं ।’

कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट उप्रेतीसँगै राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारबाट फिर्ता भएपछि समर्थन पनि फिर्ता लिने बताए ।

माओवादीले छाडेपछि कांग्रेसलाई सरकार प्रवेशको बाटो खुल्नेछ । नौं वटा मन्त्रालय रहेको कोशीमा कांग्रेसलाई ४ वटा मन्त्रालय दिने मुख्यमन्त्री कार्कीको तयारी छ । भागबण्डाका लागि आजै कांग्रेस र एमालेका नेताहरुको बैठक बस्दैछ ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई संकल्प प्रस्ताव मार्फत पदमुक्त गर्दै हिक्मतकुमार कार्की सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा मुख्यमन्त्री बनेका थिए । नयाँ सरकार गठन विरुद्ध केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले हिक्मतकुमार कार्कीको पक्षमा फैसला गरे पनि पूर्णपाठ आएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com