ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो


एबीसी न्यूज
श्रावण ९, २०८१ बुधबार  १२ : १३ बजे

काठमाडौं ९ साउन । इथियोपियाको गोफाको पहाडी क्षेत्रमा भारी वर्षापछि आइतबार साँझ र सोमबार बिहान गएको पहिरोमा परी २२९ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार दक्षिणी इथियोपियामा गएका दुईवटा पहिरोमा परी मृत्यु भएकामध्ये अहिलेसम्म २२९ जनाको शव उद्धार टोलीले निकालेको स्थानीय अधिकारीले बताएका छन्।

गोफा क्षेत्रका प्रशासक डग्मावी आयलेले मृतकमा वयस्क र बालबालिका दुवै रहेको बताएका छन्। बाँचेका १० जनाको अस्पतालमा उपचार भइरहेको छ।

 

आइतबार भारी वर्षाका कारण पहिरो गएको डग्मावीले बताए। सोमबार प्रहरी अधिकारी र आसपासका मानिसहरू खोजी तथा उद्धारमा जुटेका बेला दोस्रोपटक पहिरो खसेपछि उनीहरू पुरिएका थिए।

‘हामी अझै खन्ने क्रममा छौँ’, उनले भने।

गोफा प्रकोप व्यवस्थापनका प्रमुख मार्कोस मोलासेले अहिलेसम्म २२९ शव निकालिएको बताए।

स्थानीय प्रशासनले बाँचेकाहरूको खोजी तीव्र गतिमा भइरहेको तर मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ।

फुटेजमा सयौँ मानिस घटनास्थलमा जम्मा भई तल फसेका मानिसको खोजीमा माटो खनिरहेको देखिन्छ।

गोफा दक्षिणी इथियोपिया राज्यको हिस्सा हो। यो राजधानी अदिस अबाबाबाट ३२० किलोमिटर दक्षिण(पश्चिममा छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

कैलाली–१ : रेशम चौधरीको गढमा शक्ति सन्तुलन फेरिने संकेत

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

जेनजी युवाको हत्या गर्ने र उक्साउने दुवैलाई कारबाही गर्नुपर्छ : प्रभु साह

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

प्रचण्ड-माधवको नयाँ अपील: बहुमत सुनिश्चित हुँदैछ, घात गर्नेहरूलाई तत्काल कारबाही!

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com