ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला एसिया कप : बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल


एबीसी न्यूज

काकाठमाडौं ८ साउन । महिला एसिया कप क्रिकेटमा मङ्गलबार साँझ नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’को समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुन लागेको हो।

दुई खेल खेलेको नेपाल एक जित र एक हारसहित तेस्रो स्थानमा छ। दुवै खेलमा जित निकालेको भारत चार अङ्कसहित शीर्ष स्थानमा छ। समान अङ्क भएको पाकिस्तान रनरेटका आधारमा दोस्रो स्थानमा छ।

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। अघिल्लो चरण प्रवेशका लागि नेपालले भारतमाथि जित निकाल्नैपर्ने दबाब छ।

पाकिस्तान यूएईसँग पराजित भएर नेपाल भारतसँग विजयी भए सेमिफाइनल प्रवेश गर्नेछ। पाकिस्तान र यूएईको खेल जारी छ। नेपाल र भारतको खेल मङ्गलबार साँझ ७ः१५ बजे श्रीलङ्काको डम्बुला मैदानमा हुनेछ।

 

पहिलो खेलमा यूएईमाथि विजयी भएपछि नेपाली टिम । तस्बिरः क्यान

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा आठ टोली सहभागी छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र यूएई छन् भने समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्।

समूह ‘बी’को श्रीलङ्का चार अङ्कसहित शीर्ष स्थानमा छ। थाइल्याण्ड र बङ्गलादेश समान दुई अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको मलेसिया अङ्कविहीन छ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला एसिया कप टोलीमा पूर्व कप्तान रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com