ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काटिएका उद्योगमा आजै बिजुली जोडिने, बोर्ड बैठकले निर्णय गर्दै


एबीसी न्यूज

काकाठमाडौं ८ साउन । विद्युत प्राधिकरणले काटिएका ६ वटा उद्योगमा मंगलबार नै लाइन जोड्ने भएको छ। ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशकबीच मंगलबार नै विद्युत् जडान गर्ने सहमति भएको हो।

मंगलबार मन्त्रालयमा भएको छलफलमा बक्यौता रहेका उद्योगीसँग रकम उठाउने गरी विद्युत् जडान गर्न कुलमान घिसिङ तयार भएको मन्त्रालयका एक अधिकारीले बताएका छन्।

‘मन्त्रीज्यू र कुलमान घिसिङबीच एउटा समझदारी बनेको छ। अहिले काटिएका उद्योगको लाइन जाडन गर्ने,’ ती अधिकारीले भने, ‘व्यवसायीलाई बक्यौता तिर्नको लागि ३ महिनाको समय दिने भन्ने भएको छ।’

 

ऊर्जामन्त्री र कुलमान घिसिङबीच समझदारी बने पनि केही सञ्चालक समिति सदस्यले असहमति दर्ज गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएका उद्योगको लाइन तत्काल जोड्न शुक्रबार निर्देशन दिएका थिए। आइतबार र सोमबार संसदमा सम्बोधनका क्रममा लाइन जोड्नुपर्ने भन्दै उद्योगीको पक्षमा खुलेर वकालत गरेका छन्।

प्रधानमन्त्रीको निर्देशन आएसँगै ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरण र सञ्चालक समितिलाई लाइन जोड्नुपर्ने भन्दै २ पटक बोर्ड बैठक राखि सके। तर सहमति हुन सकेन। मंगलबार बहुमत सदस्यले लाइन जोड्ने निर्णय गर्ने भएको छ।

‘अब केही बेरमा बोर्ड बैठक हुन्छ होला। कार्यकारी निर्देशकज्यूले कुनै समझदारीको मोडालिटी प्रस्तुत गर्ने भन्ने सुनेका छौँ’, एक सञ्चालक समिति सदस्यले भने, ‘बहुमतले निर्णय हुने अवस्था रहे पनि हामी असहमति दर्ज गर्छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com